यी हुन पत्रकार महासंघको शुद्विकरण अभियानले सदस्यता नविकरण नहुने बागलुङका सदस्यहरु

102

बागलुङ, २८ पुस ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आईतबारबाट सदस्यता शुद्विकरण अभियान थालेको छ ।
महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय तहको सरकुलर अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।
बागलुङ शाखामा रहेका ११ जना सदस्यहरु जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी र निजामती कर्मचारी रहेकाले उनीहरुको नविकरण नहुने अध्यक्ष शिरीषले जानकारी दिनुभयो ।
महासंघले निर्वाचित जनप्रतिनिधिहरु ज्ञानेन्द्र गौतम (वडाअध्यक्ष बागलुङ नगरपालिका–११ रायडाँडा), प्रेम लामिछाने (वडाअध्यक्ष काठेखोला गाउँपालिका–७ रेश) र विष्णु भुषाल (उपप्रमुख, जिल्ला समन्वय समिति)को सदस्यता नविकरण नगर्ने भएको छ ।
यस्तै राजनीतिक दलमा रहेका चन्द्र बहादुर क्षेत्री (महामन्त्री जनता पार्टी), बाबुलाल शाक्य (म्याग्दी इन्चार्ज, विप्लब नेकपा) र गोविन्द नेपाली (गण्डकी प्रदेश सचिव, नेकपा)को सदस्यता नविकरण नहुने भएको छ ।
निजामती कर्मचारी तर्फ ऋषिराम रिजाल, याम बहादुर थापा, सरस्वती पुन, पार्वती थापा र प्रकाश पौडेलको सदस्यता नविकरण नहुने भएको हो ।
महासंघको आईतबारको बैठकले विदेशमा रहेका सदस्यहरुलाई सोहि पत्रकार महासंघको विदेश शाखामा पठाईदिने निर्णय गरेको छ । बागलुङ शाखाका २६ जना सदस्यहरु विदेशमा रहेका छन् ।
विदेशमा रहेका २६ जनालाई सोहि देशमा सदस्यता स्थान्तरण गर्न अनुरोध गर्ने र स्थान्तरण नगरेमा उनीहरुको सदस्यता नविकरण नहुने अध्यक्ष शिरीषले जानकारी दिनुभयो ।
बिदेशमा भएका सदस्यहरु
१ .ज्ञानबहादुर सिंह कोरिया
२. दिपक गौतम जापान
३. खगराज गौतम जापान
४. दिपकराज भण्डारी पोर्चुगल
५. भीम बराइली कोरिया
६. सविना केसी जापान
७. रुद्र गौतम कोरिया
८. अर्जुन लामिछाने जापान
९. लक्ष्मी पौडेल जापान
१०. भुपेन्द्र केसी जापान
११. शम्भु कंडेल अमेरिका
१२. सरिता थापा जापान
१३. अमर थापा अमेरिका
१४. अमृत रोका अमेरिका
१५. रामबहादुर थापा अमेरिका
१६. नरबहादुर घर्ती जापान
१७. धिरेन्द्र न्यौपाने अमेरिका
१८. भुवन कंडेल पोर्चुगल
१९. चन्द्रमणी न्यौपाने पोर्चुगल
२०. सुवास कंडेल अष्टेलिया
२१. गुमानसिहं भण्डारी
२२. पूर्ण बिक पोर्चुगल
२३. विपेन्द्र खड्का पोर्चुगल
२४. खड्क कुवर कोरिया
२५. बिश्व श्रेष्ठ जापान
२६. नरेश बुढा

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here