बागलुङका चार स्थानीय तहमा आज विद्युत अवरुद्ध

बागलुङ, २६ पुस ।
बागलुङका चार स्थानीय तहमा शनिबार विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ ।
गल्कोट फिडरबाट विद्युत वितरण भएको क्षेत्र काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका, जैमिनी नगरपालिका, र ताराखोला गाउँपालिकाका सम्पूर्ण स्थानमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा बन्द हुने बताइएको छ ।
गल्कोट फिडरबाट विद्युत सप्लाई भएका गल्कोट ३३ के।भी तथा ११ केभी लाईन आसपासमा बासँ, रुख, काट्ने तथा पोल च्यानल र क्ल्याम्प फर्नुका साथै अन्य मर्मत सम्भार कार्य गर्नको लागि विद्युत आपूर्ति बन्द गरिने बागलुङ वितरण केन्द्रका शिवनारायण गोशला बताउनुभयो ।
तोकिएको स्थानमा तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न भएका विद्युत आपूर्ति सूचारु हुने सार्वजनिक सूचना मार्फत जानकारी प्रदान गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here