लागु औषधसहित मुलपानी र रेशका दुई युवा पक्राउ

बागलुङ, २२ पुस ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सुराकीको आधारमा बागलुङ नगरपालिका–३ मुल्पानी बस्ने १८ वर्षीय रोहित बोहोरा र काठेखोला गाउँपालिका–७ रेशका २१ वर्षीय सोम बहादर बिकलाई लागु औषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवाहरुको साथबाट फेनारगज १७, नुरफिन १७ र डाईजेपाम १७ एम्पुल गरी एक ५१ एम्पुल लागु औषध डाईजेपाम फेला परेको प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक झपिन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार पक्राउ परेको दुई युवालाई लागु औषध डाईजेपाम कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी आबश्यक अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक भट्टराईको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here