जापानमा दुई नेपालीको मृत्यु

बागलुङ, २० पुस ।
रोजगारीको सिलसिलामा जापान रहेको दुई नेपालीको ह्दयघातको कारण मृत्यु भएको छ ।
बागलुङको ताराखोला गाउँपालिकाका टेकचन चालिसे र पोखराका विकल थापाको ह्दयघाटको कारण मृत्यु भएको हो ।
जापानको राजनधानी टोकियो ताचिखावा नजिक सिन्कोदाईरामा बस्दै आएका टेकचन चालिसेको काम गर्ने स्थानमै मृत्यु भएको हो । मृतक चालिसे रोजगारको शिलसिलामा जापनमा सबपरिवारको साथ बस्दै आएका थिए ।
पुस १७ नेपाली इण्डियन रेष्टुरेण्टमा अचानक चक्कर लागेर बेहोस भई ढलेका चालिसेलाई एम्बुलेन्स मार्फत अस्पताल पु¥याए पनि उपचार सम्भब नभएको गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जानकारी दिनुभयो । मृतक चालिसेको मंगलबार अपराह्नन १ः३० बजे टोकियो स्थित सुगिनामी कुमा अन्त्योष्टि जापानबाट खगराज गौतमले जानकारी दिनुभएको छ ।
पोखराका विकल थापाको सेन्दाईमा हृदयघाटको कारण मृत्यु भएको छ । विद्यार्थी भिसामा जापान पुगको थापा घरमै आरामा गरिरहेको अवस्थामा मृत्यु भएका सेन्दाईबाट तेज अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार थापाको शव नेपाल पठाउने या जापान मै अन्त्योष्टि गर्ने विषयमा सोमबार छलफल गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here