
बागलुङ, १९ पुस ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा कृष्ण प्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ ।
सहकारीको शनिबार भएको नवौं बार्षिक साधारणसभाले शर्माको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा काशिराम शर्मा, सचिवमा सोमराज पाण्डे, सहसचिवमा धनराज गौतम र कोषाध्यक्षमा गुप्तबहादुर कार्की रहनुभएको छ ।

यस्तै सदस्यहरुमा माधवप्रसाद शर्मा, दिपा सापकोटा, खिमाराम शर्मा, भुमिराज पन्त, बद्रीनाथ गौतम र टिकादेवि शर्मा रहनुभएको छ ।
साधारणसभाले गोविन्द प्रसाद शर्माको संयोजकत्वमा ३ सदस्य नयाँ लेखा समिति चयन गरेको छ । सदस्यहरुमा रामचन्द्र शर्मा र नारायणप्रसाद पौडेल रहनुभएको छ ।

यस्तै साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले कर्मचारीहरुले आफ्नो तलव कटाएर बचत गर्ने बानीको बिकास गर्न सुझाव दिनुभएको थियो । प्रजिअ क्षेत्रीले देशमा छरिएर रहेका सरकारी कर्मचारीलाई सहकारीले एकीकृत गर्न सहयोग गरेको जानकारी दिनुभएको थियो । उहाँले बचत सगै सहकारीले व्यवसायिक रुपमा लगानी गरि रोजगारीको अवसरमा लाग्न सुझाव दिनुभयो ।

साधारणसभाको अवसरमा सहकारीका कोषाध्यक्ष लक्ष्मिप्रसाद पौडेलले आर्थिक वर्ष २०७५/०७६ मा सहकारीले १ करोड ४१ लाख १५ हजार ६ सय ९९ बराबरको कारोवार गरेको जानकारी दिनुभयो । यस्तै सचिव तिर्थराज गौतमले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा उत्कृष्ट बचत तर्फ शेयरसदस्य रामप्रसाद शर्मा र कारोवार तर्फ नरबहादुर घर्ती मगरलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा निजामती कर्मचारी ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरे, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, निजामती कर्मचारी संगठनका केन्द्रि उपाध्याय घनश्याम सापकोटा र निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता उपाध्यक्ष कृष्णराज गौतमको स्वागत र सचिव तिर्थराज गौतमको संचालनमा सम्पन्न भएको थियो ।











