
बागलुङ, १८ पुस ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका एक युवाले सहयोगको अपिल गरेका छन् ।
धम्जाका २२ बर्षिय विपिन आलेको दुवै मृगौला खरावी भएपछि आर्थिक अभावले उपचारमा समस्या भएकोले बचाईदिन सहयोगको अपिल गरेका छन् ।
दुवै मृगौला फेल भई काठमाडौंको सुमेरु अस्पतालमा उपचाररत आलेको उपचारको लागि परिवारले ‘विपिन आले उपचार सहयोग अभियान’ सुरु गरेका छन् ।
तीन हप्ता अगाडी आलेलाई आँखा नदेख्ने समस्या देखिएपछि पोखराको नमस्ते अस्पतालमा उपचार गराउँदा प्रेसर बढी रहेको देखिएको थियो । अस्पतालको सल्लाहमा काठमाडौंको सुमेरु अस्पताल लगिएपछि आलेको दुवै मृगौला फेल भएको थाहा भएको सहयोग अभियानका सदस्य चित्र बहादुर थापाले जानकारी दिनुभयो ।
उपचारकै क्रममा आर्थिक अभाव भएको र हेमोडायलसिस गराउने पैसासमेत अभाव हुन थालेपछि अभियान सुरु गरिएको रेशम आलेले बताए । उनले घरपरिवारले आफ्नै बलबुत्ताले उपचार गर्ने सामथ्र्य नभएकाले देश विदेशमा रहेका सबैलाई सहयोग गरिदिनको लागि अपिल गरेका छन् ।
डाक्टरका अनुसार ६ महिनाभन्दा बढि अस्प्तालमै बसेर उपचार गराउनुपर्ने जनाएकाले आलेको हाल सुमेरु अस्पताल काठमाडैंमै उपचार भईरहेको सहयोग अभियान समितिका संयोजक भिम आलेले जानकारी दिए । उनले उपचारको लागि कति रकम लाग्छ भन्ने एकिन भईनसकेपनि अहिले उपचारको लागि रकम अभाव भएकाले सहयोगको अपिल गर्नुपरेको बताए । उनले परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा कठिनाई भइरहेको बताए ।
एनको उपचारका लागि नियमित डायलासिस र ट्रान्सप्लान्ट गर्न लाखौं खर्च हुन सक्ने अस्पतालले जनाएको र घरपरविारको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गर्नुपरेको संयोजक आलेले जानकारी दिए । अस्पतालकै शैयामा रहेका विपिनले जीवनमा धेरै सपनाहरु छन्, धेरै गर्ने इच्छा र चाहना छन्, कृपया मलाई बचाउनुहोस्, म बाँच्न चाहन्छु भन्दै सहयोगको अपिल गरेका छन् ।
धम्जाको लक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा १२ पास गरेका विपिनले डेढ वर्ष अघिमात्र पुजा हमालसँग विहे गरेका थिए । विपिन आलेलाई सहयोग गर्न चाहानेले उनकी श्रीमती पुजा हमालको माछापुच्छ«े बैंक बागलुङ शाखामा रहेको खाता नम्बर ४४४८५२४६७१२८५०१३ मा सिधै जम्मा गर्न सकिनेछ ।
यस्तै विपिन आले उपचार सहयोग अभियानका संयोजक भिम आले ९८४७६६३१७१, रेशम आले ९८५७६२५७००, चित्र थापा ९८०८५५२७२२, दानबहादुर आले ९८५७६३३०८४, मनरुपी आले जापान ८१७०२३४३७८४९, लोक आले जापान २४१५२६३७५३०६४, हिरा छन्त्याल कोरिया ०१०५९०६११०, दम आले मलेसिया ६०१८४६९३०१५, राजु आले अमेरीका ९८०४०१२८८३, योगेश छन्त्याल अष्ट्रेलिया ०६१४१०४५१३६४२ मा सम्पर्क गर्न सकिने छ ।










