धनलक्ष्मी महिला सहकारीको कारोबार १ करोड ३ लाख बढी

बल बहादुर रोका
बागलुङ, १८ पुस ।
बागलुुङको काठेखोला गाउँपालिका ४ तंग्राम स्थित धनलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न भएको छ ।
धनलक्ष्मी महिला बचत तथा ऋण सहकारीले गत आर्थिक वर्ष १ करोड ३ लाख ६९ हजार ३सय रुपैयाँको कारोवार गर्न सफल भएको कोषाध्यक्ष हरिकला विश्वकर्माले जानकारी दिनुुभएको छ । संस्थामा २३ लाख ४७ हजार रुपैयाँ सेयर पुुजी रहेको छ भने ४ सय ५० जना सेयर सदस्य रहेका छन् ।
साधारण सभाको उद्घाटन पछि बोल्दै बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले सहकारीमा अहिले नयाँ कार्यविधि आएकाले सहकारी केहो किन आवश्यक छ भनेर बुुझेर मात्र सहकारीमा लाग्न आग्रह गर्नुुभएको थियो ।


उहाँले अव सहकारीले गाउँमा नै रोजगारी सिर्जना गर्ने गरी व्यवसायीक क्षेत्रमा लगानी गर्न सुुझाव दिनुुभएको थियो ।
कार्यक्रममा विष्णुु आले मगर, भैरव थापा मगर, यमदत्त कँडेल, रत्नबहादुुर थापा, रिम बहादुुर पुुन , दुुुर्वलराज भण्डारी लगायतले बोल्नुुभएको थियो ।
धनलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको ६औ अधिवेसनले पार्वती पुुनको अध्यक्षतामा ९ सदस्य संचालक समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा हिरामति रोका, सचिवमा देवि पुन थापा र कोषाध्यक्षमा तारादेवी थापा चयन हुनुभएको हो । सदस्यहरुमा नन्दकली थापा, सिता थापा मगर, गंगा परियार, मिना थापा र हरिकला पुुन चयन भएका हुुन् ।
कार्यक्रम धनलक्ष्मी महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पार्वती पुनको अध्यक्षता, उपाध्यक्ष हिरादेवी रोकाको स्वागत र सचिव तारादेवी थापाको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here