बागलुङ, १७ पुस ।
बागलुङ जिल्ला र रुकुमको सिमाना बागलुङ निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा बिहीबार बस दुर्घटना भएको छ ।
रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको बस पातिहाल्नेमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते भएकाहरुको नाम र ठेगाना खुल्न सकेको छैन । उनीहरुलाई स्थानिय र प्रहरीले उद्धार गरी अहिले उपचारका लागि बुर्तिबाङ अस्पतालमा लगिदै गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरु जाडोयामको कपडा बेच्न आएका व्यापारीहरु भएको बताइएको छ ।
बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रनाउ भट्टराईले जानकारी दिनुभयो ।










