बागलुङ महोत्सवः तेस्रो दिन मनसुन, छन्त्याल र विनामारेको जित

बल बहादुर रोका
बागलुङ, १४ पुस ।
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल अन्तरगत तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
तेस्रो दिन (सोमबार) भएको खेलमा मनसुन दालमोठ, छन्त्याल कन्ट्रक्सन र राष्ट्रिय युवा संघ विनामारे विजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा मनसुन दालमोठले अनेरास्ववियु बागलुङलाई २–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट अनेरास्ववियुसँग २५–२३ ले पराजित भएको मनसुनले खेलमा पुनरागमन गर्दै दोस्रो सेट २०–२५ र तेस्रो सेट पनि २०–२५ ले जित हात पारेको थियो ।
यस्तै दोस्रो खेलमा छन्त्याल कन्ट्रक्सनले नेपाल विद्यार्थी संघ बागलुङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । एकपक्ष्य खेलमा छन्त्यालले पहिलो सेट २५–२३ र दोस्रा सेट २५–१९ ले पराजित गरेको थियो ।


सोमबारको तेस्रो खेलमा राष्ट्रिय युवा संघ विनामारेले मगर विद्यार्थी संघ बागलुङलाई २–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५–२३ ले जितेको विनामारेले दोस्रो सेटमा उत्कृष्ट खेल्दै २५–१२ ले जितेको थियो ।
खेल लिगकम नकआउटका आधारमा खेलाईएको छ । लिग चरणका खेलहरु बेष्टअफ थ्रिका आधारमा खेलाईएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै क्वाटरफाइनल पुग्ने टिमलाई प्रतिदिन ५ हजार भत्ता प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जनाएको छ ।
बागलुङ उद्योग बाणिज्य संघले आयोजना सगरेको महोत्सव पुस २० गतेसम्म संचालन हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here