बागलुङ महोत्सवः पुरुष भलिबल सुरु

बागलुङ, १२ पुस ।
छैटौं बागलुङ महोत्सवको मुख्य आकर्षण खुल्ला पुरुष भलिबल प्रतियोगीता शनिबारदेखि सुरु भएको छ ।
शनिवार सम्पन्न भएको पहिलो खेलमा अनेरास्ववियुुले बागलुङ नगरपालिका ८ लाई २–० को सोझो सेटमा पराजित गरेको थियो । अनेरास्ववियुले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२१ ले जितेको थियो ।
यस्तै दोस्रो खेलमा छन्त्याल कस्ट्रक्सनले काठेखोला गाउँपालिका ४ तग्रामलाई २–० को सोझो सेटमा पराजित गर्यो । छन्त्यालले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१६ को सहज जित निकालेको थियो ।
यस्तै शनिबार भएको तेस्रो खेलमा २३ नम्वर बाहिनीले जिल्ला भलिबल ट्रेनिङ सेन्टरलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । बाहिनीले अड्डाले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१६ ले भलिबल ट्रेनिङ सेनटरलाई पराजित गर्यो ।
शनिबारको अन्तिम खेलमा गण्डकी प्रदेश प्रहरीले मगर विद्यार्थी संघलाई २–० को सोझो सेटमा पराजित गरेको छ । प्रहरीले पहिलो सेट २५-२१ र दोस्रो सेट २५-१६ जितेको थियो ।
लिगकम नकआउटको आधारमा खेलाइने खेलमा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै क्वाटरफाइनल पुग्ने टिमलाई प्रतिदिन ५ हजार भत्ता प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here