सागमा पदक जित्ने बागलुङका खेलाडीलाई गृहजिल्लामा सम्मान

अर्जुन कार्की
बागलुङ, ११ पुस ।
१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने बागलुङका खेलाडीहरुलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ ।
बागलुङ उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा शुक्रबारबाट सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराँते तर्फबाट स्वर्ण र रजत पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो ।


कराँतेमा स्वर्ण पदक जित्ने नविन रसाईली र रजत पदक जित्ने उनका दाजु राजकुमार रसाईलीलाई उद्योग बाणिज्य संघ बागलुङले सम्मान गरेको हो ।
१३ औं सागमा नविनले ६७ केजी पुरुष तर्फ पकिस्तानका खेलाडीलाई ८–६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै उनका दाजु राजकुमार रसाईलीले पुरुष टिम कुमुते तर्फ सेमिफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीसँग ३–० ले पराजित भएका थिए । उनको टिममा मुकुन्द महर्जन र अर्जुन कुमार बाघचन्द रहेका थिए ।
सागमा बागलुङका करण केसीले क्रिकेटमा काश्य पदक र साफिया पुनले महिला भलिबलमा रजत पदक जितेका थिए । उनीहरु आउन नसकेकोले अर्को कार्यक्रममा सम्मान गर्ने उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here