
बागलुङ, १० पुस ।
भीमापोखरा युवा क्लब विवाईसी बागलुङको अध्यक्षमा मणिभद्र शर्मा निर्वारोध चयन हुनुभएको छ ।
विवाईसीको बुधबार सम्पन्न ३४ औं स्थापना दिवस, २८ औं बार्षिकोत्सव तथा १५ औं अधिवेशनले शर्माको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै बाँकी ४ सदस्य केहि दिनमै मनोनित गरिने निर्वाचन समितिका संयोजक डिल्लीराज गौतमले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा विष्णु विक र कोषाध्यक्षमा गंगा गौतम रहनुभएको छ ।
समितिको सदस्यहरुमा खिम बहादुर कार्की, गंगा बहादुर हमाल, शान्ति ज्ञावाली, पार्बती परियार, कमला थापा र सुरेश थापा चयन भएका छन् ।










