विवाईसी बागलुङको २८ औं बार्षिकोत्सव

बागलुङ, ९ पुस ।
भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङको २८ औं बार्षिकोत्सव तथा ३४औं स्थापना दिवस बुधबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको उद्घाटनपछि बोल्दै प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले विवाइसीले विकासको मेरुदण्डको रुपमा काम गरेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका नागरिकको दैनिक जिवनसँग जोडिएर उनीहरुको जीवन परिवर्तनको लागि काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा विवाईसीका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत धिरेन्द्रराज पन्त, काठेखोला गाउँ कमिटीका अध्यक्ष डिल बहादुर कार्की, काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, १ का वडाअध्यक्ष खडक थापा, जैमिनी नगरपालिका–३ का वडाअध्यक्ष बेदबहादुर छन्त्याल, जिल्ला जनस्वास्थ्य कार्यालयका सरोज गुरौं, भेटेनरी अस्पताल बागलुङका प्रमुख रामजी प्रसाद शर्मा, जिल्ला शिक्षा समन्वय इकाई बागलुङका प्रमुख कुश्माराज उपाध्याय, धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र वि.क पोखरेल, फेरमेट फाउण्डेसनका गणेश बरुवाल, हेफर नेपालका कार्यक्रम अधिकृत कुलाराम चौधरी, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष र धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा क्लबका सचिव तोयानाथ गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका संस्थापक भीम बहादुर केसी, कर्मचारी प्रेम केसी, धन कुमारी मल्ल, दिपा खड्का, उद्यमी शोभा कुमारी क्षेत्री, गंगा पुन, जेष्ठ नागरिक देव बहादुर केसी, ढोरपाटन स्वास्थ्य इकाइ ढोरपाटन र जनकल्याण माविलार्ई सम्मान गरिएको थियो ।


उद्घाटन कार्यक्रम क्लबका कार्यवहाक अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, सहसचिव विष्णु वि.क.को स्वागत र सचिव तोयानाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।
यस्तै संस्थाको ११ औं अधिवेशनले १५ सदस्य नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष १–१ जना र १० जना सदस्य चयन गर्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here