
बागलुङ, ८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङको एकता टुंगिएको छ ।
साविकका दुई युवा संगठन (युवा संघ) र योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)बाट ३४–३४ जना सदस्य रहने गरी ७१ सदस्य जिल्ला समिति गठन गरिएको जिल्ला संयोजक रेशम घर्तीले जानकारी दिए । समितिमा बाँकी ३ जना सदस्य पछि थप गरिने जनाइएको छ । जिल्ला संयोजकमा साविकको युवा संघको तर्फबाट रेशम घर्ती मगर र सहसंयोजकमा वाईसिएलको तर्फबाट रमेश घर्तीलाई केन्द्रीय स्तरबाट जिम्मेबारी दिइएको थियो ।

यस्तै संघले बागलुङका १० ओटै स्थानिय तहहरुमा संयोजक र सहसंयोजक चयन गरेको छ । साविकका दुवै संगठनबाट ५०–५० प्रतिशत रहने गरी ५–५ ओटा स्थानिय तहमा संयोजक र सहसंयोजक तोकिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
संघले साविकको युवा संघबाट बागलुङ नगरपालिकामा दिपेन्द्र रेग्मी संयोजक र वाईसिएलबाट अनुज श्रेष्ठ सहसंयोजक, काठेखोला गाउँपालिकामा खडक बहादुर वि.क. संयोजक र महेन्द्र लामिछाने सहसंयोजक, बडिगाड गाउँपालिकामा हितमान शेरचन संयोजक र दिलज्योति घर्ती मगर सहसंयोजक, जैमिनी नगरपालिकामा राम पौड्याल संयोजक र दिलिप पुलामी मगर सहसंयोजक र ढोरपाटन नगरपालिकामा उमेश श्रीपाली संयोजक र तिलक घर्ती सहसंयोजकमा चयन भएका छन् ।
यस्तै तमानखोला गाउँपालिकामा साविक वाईसिएलको तर्फबाट छवि श्रीपाली संयोजक र साविक युवा संघको तर्फबाट तेजेन्द्र वि.क. सहसंयोजक, निसीखोला गाउँपालिकामा कमल थापा संयोजक, नैनसिंह घतान सहसंयोजक, गल्कोट नगरपालिकामा मनोज कुमार थापा संयोजक र टेक कार्की सहसंयोजक, ताराखोला गाउँपालिकामा जीवन बस्नेत संयोजक र दुर्गा बगाले सहसंयोजक र बरेङ गाउँपालिकामा टेक बहादुर पुन संयोजक र हेम बहादुर क्षेत्री सहसंयोजकमा चयन भएका छन् ।
राष्ट्रिय युवा संघ बागलुङले जारी गरेको प्रेस विज्ञप्ती













