भिमसेन माबि बिहुँको बार्षिकोत्सव

बागलुङ, ६ पुस ।
बागलुङको काठेखोला गाउँपालिका–५ स्थित भिमसेन माविको ३९ औ बार्षिकोत्सव बिभिन्न पाँच दिवसिय कार्यक्रम सहित मनाइएको छ ।
बार्षिकोत्सवको मुल समारोहको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक विकासका लागि भिमसेन माबिले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको चर्र्चा गर्दै अध्यक्ष थापाले, बिद्यालयमा हुने पुर्वाधार बिकासका लागि सदैव गाउंपालिकाको साथ रहने बताउनुभयो ।
कार्यक्रममा कंडेल नरिश्वर गम्भिरा अक्षय कोषबाट शिक्षक दयाराम पौडेल र अभिभावक रम्बा देबी थापालाई सम्मान गरिएको थियो । दिप बहादुर छात्रवृति अक्षय कोषबाट धारा माबि तंग्रामका निवर्तमान प्रधानाध्यापक मित्रदत्त ढकाल र खोलातिर माबिका बिद्यालय ब्यवस्थापन अध्यक्ष नारायण दक्त कँडेललाई प्रदान गरिएको थियो ।
बिद्यालयका शिक्षक सुवास कंडेलले स्थापना गरेको जगपति स्मृति अक्षय कोष बाट गणित बिज्ञान संकाय तर्फ उल्लेखनिय योगदान गरेको भन्दै बिद्यालयका प्रधानाध्यापक रघुनाथ कंडेललाई सम्मान गरिएको थियो ।
गत माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने छात्र सन्देस कंडेल र समिक्षा कंडेललाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता शिक्षक बालकृष्ण कंडेलको स्वागत मन्तव्य र शिक्षक नारायण प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here