द्वन्द्वकालमा पुर्नःजन्म पाएका सापकोटाको जीवनी विमोचन

दिनेश सापकोटा
बागलुङ, ५ पुस ।
सशष्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोहि पक्षले गोली प्रहार गर्दा पुर्नजन्म पाएका टिकाराम सापकोटाको जीवनी शनिबार विमोचन गरिएको छ ।
सापकोटा वि.सं. २०६० सालमा राज्यपक्षको व्यक्ति भन्दै तत्कालिन विद्रोहिले प्रहार गरेको गोली अर्को व्यक्तिलाई लागेपछि बाच्न सफल भएका थिए ।
पूर्व जिविस सभापति समेत रहेका सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेका थिए । जविसमा बसेको अवस्थामा उनलाई प्रहार गरिएको गोली कार्यालयका लेखापाल विष्णु प्रसाद पौडेललाई लागेर मृत्यु भएको थियो ।
पुस्तक विमोचनमा नेपाल सरकारका सचिव मोहनकृष्ण सापकोटाले राजनीतिमा निश्कलंक भई उच्च तहसम्म पुग्न सफल भएकोमा सापकोटाको प्रशंसा गर्नुभएको थियो । उहाँले ८४ वर्ष पार गर्दासम्म पनि समाजको विकासको लागि राजनीतिक मार्फत सामाजिक कार्य गरिरहनु प्रशंसा योग्य रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले जीवित मानवको प्रशंसा गर्न खडेरी लागिरहेको समयमा उहाँ प्रशंसा योग्य व्यक्ति भएको बताउनुभएको थियो ।


कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्य, नगरखानेपानी बागलुङका सभापति हरिप्रसाद श्रेष्ठ, चितवनका समाजसेवी तथा राजनीतिज्ञ कृष्णलाल सापकोटा, समाजसेवी लालचन्द्र राजभण्डारी, सदेवबहादुर श्रेष्ठ, सापकोटा कल्याण केन्द्र कास्कीका सभापति ऋषि सापकोटा, म्याग्दीका सभापति हरिप्रसाद सापकोटा, पुस्तकका भाषा सम्पादक नारायणप्रसाद गौतम, बागलुङ नगरखानेपानीका प्रबन्धक हिमाल सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकको टिप्पणी उपप्रध्यापक प्रकाश शर्मा पौडेल र सहप्रध्यापक हरिप्रसाद पाण्डेले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रम कृति प्रकाशन समिति संयोजक कवीन्द्रप्रसाद शर्मा सापकोटाको अध्यक्षता, जीवनकीका पात्र टिकाराम सापकोटाका भाई चुडामणि सापकोटाको स्वागत र प्रकाशन समितिका सदस्य कृष्णराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।
कितावमा ६८ जना लेखकले सापकोटाको बारेमा लेख तथा रचना लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here