बागलुङ, ४ पुस ।
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी स्थित काशीराम छन्त्याल प्राविमा शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले दिलप्रसाद पुनको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा डम्वरसिङ घर्ति, लिलबहादुुर विश्वकर्मा, रमा विश्वकर्मा, मनमाया पुुन, तुुलसा श्रीस, रुपा नेपाली, मिना पुुन, र सदस्य सचिवमा प्रधानाध्यापक विलबहादुुर काउचा चयन हुुनुुभएको छ ।
शिक्षक अभिभावक संघमा रुद्रप्रसाद प्रधानको संयोजकमा १५ सदस्य समिति चयन भएको छ भने डिलबहादुुुर छन्त्यालको संयोजकमा १४ सदस्य सल्लाहकार समिति चयन गरेका छन् ।
कार्यक्रममा काठेखोला गाउँपालिका स्रोत व्यक्ति रामानन्द कँडेल र लेखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमानन्द कँडेलले सहजिकरण गर्नुुभएको थियो ।










