बागलुङका आशिषले ए डिभिजन लिग खेल्दै

306

अर्जुन कार्की
बागलुङ, ३ पुस ।
बागलुङका युवा फुटबल खेलाडी आशिष केसीले शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
गत वर्ष फ्रेण्डस क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका केसीले यस वर्षपनि क्लबसँग सम्झौता नविकरण गरेका छन् ।
डिफेन्डर केसीले गतबर्षको लिगमा उत्कृष्ट खेलेपछि क्लबले उनलाई यस वर्षपनि अनुबन्धित गरेको हो ।
केसीले फ्रेण्डसबाटै दोस्रो पटक ए डिभिजन लिग खेल्न लागेको बताउँदै आफुले शतप्रतिशत मेहेनत दिएर खेल्ने बताए । उनले पहिले भन्दा अहिले टिममा धेरै परिवर्तन आएको बताउँदै विदेशी प्रशिक्षकको प्रशिक्षणले टिम राम्रो भएको बताए । ‘अहिले विदेशी प्रशिक्षकले प्रशिक्षण दिनुभएको छ त्यसैले पनि टिम राम्रो भइरहेको छ,’ केसीले भने–‘ब्राजिलियन प्रशिक्षक र खेलाडीहरु टिममा रहेकाले उहाँहरुबाट सिक्दै उत्कृष्ट प्रदर्शन गर्नेछु ।’


केसीले नेपालको राष्ट्रिय टिमबाट खेल्ने सपना रहेको बताए । ‘नेपालको जर्सि लगाएर देशको लागि खेल्ने सपना छ,’ केसीले भने–‘टिममा पर्नको लागि पनि लिगमा उत्कृष्ट खेल्नुपर्ने बताए ।’
बागलुङ जिल्ला फुटबल संघको बागलुङ ११ बाट जिल्लामा खेल्दै आएका केसी हाल फ्रेण्डस क्लबबाट नियमित खेलाडी हुन् । गतवर्ष भएको ललित स्मृति अन्डर १८ प्रतियोगितामा फ्रेण्डस क्लबबाट खेलेका केसीले उक्त प्रतियोगितामा उत्कृष्ट खेलेपछि ए टिमबाटै खेल्दै आएका छन् ।
केसीले यस अगाडी नेपालको राष्ट्रिय अन्डर–१४ र अन्डर–१६ टिमबाट सहभागिता जनाई सकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here