विजेता खेलाडीलाई एन्फा बागलुङको सम्मान

बागलुङ, १ पुस ।
जिल्ला फुटबल संघ एन्फा बागलुङले हिरक महोत्सव फुटलब प्रतियोगिताको विजयी बागलुङ ११ टिमलाई सम्मान गरेको छ ।
मंगलबार एन्फाका पदाधिकारीले विजयी खेलाडी र प्रशिक्षकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उक्त अवसरमा बागलुङ ११ का प्रशिक्षक भिमबहादुर बोहोरा र कप्तान निशान थापाले एन्फा बागलुङका अध्यक्ष रामराज गुरुङलाई विजयी ट्रफि हस्तान्तरण गरेका थिए ।
रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका–११ रिाको हिरक महोत्सवको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा बागलुङ ११ विजयी भएको थियो ।
मंसिर ३० गते सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनल खेलमा बागलुङ ११ ले लालदुर्गा मल्टि सप्लार्यसलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
फाइनल खेलमा बागलुङ ११ को लागि रोशन लामिछानेले विजयी गोल गरेका थिए ।
उपाधि जितेको बागलुङ ११ ले नगद ७५ हजार रुपैयाँ सहित ट्राफि प्राप्त गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here