सिम्रिक सहकारीको अध्यक्षमा उपाध्याय चयन

बागलुङ, २९ मंसिर ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडको अध्यक्षमा चुडामणि उपाध्याय चयन हुनुभएको छ ।
सहकारीको शनिबार सम्प्न्न पाँचौं बार्षिक साधारणसभाले चुडामणि उपाध्यायको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रिता थापा, सचिवमा रमेश पौडेल, सह–सचिवमा रत्ना भण्डारी र कोषाध्यक्षमा जगन्नाथ सापकोटा रहेका छन् ।
सदस्यहरुमा भीमकुमारी शर्मा, भुमिराज गैरे, शसिधर शर्मा र विवेक हमाल छन् ।
यस्तै रेणु केसीको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा बलराम गौतम र सोविता केसी रहेको सचिव रमेश पौडेलले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here