बागलुङ–घोडाबाधे सडक कालोपत्रे ढिलाइ र मौनता ?

192

इश्वर गौतम
मध्यपहाडी पुष्पलाल लोकमार्ग जस्ले बाग्लुङको पुर्व पश्चिम समेटिएको छ । बागलुङको सडक सञ्जाल र बिकासको मेरुदण्डको रुपमा रहेको छ । जुन सडक अहिलेसम्म कच्ची छ रहनु लज्जाको बिषय हो । अर्कोतर्फ जनताले उस्तै सास्ती भोग्नु परेको छ । बर्षाको हिलोले गाडी हिलोमा गाडिएर यात्रुले दर्दनाक पीडा खेप्नु परेको छ । हरेक पल्ट आउने चुनाव र ती हरेक दलका नेताले बाड्ने आश्वासनले बाग्लुङबासी दिक्दार नै भैसकेका छन । जनतालाई भ्रम छर्न खप्पिस नेताहरूलाई भने कत्ति पनि लज्जाबोध छैन । नत अझै आश्वासन बाड्न छाडेका छैनन् । सधैं अरुलाई आरोप लगाएर आफू सहि भनेर भाषण छाट्नु नै तिनको धर्म हो ? कुरो धेरै परको होइन केही समय पहिलेको हो ।

लेखकः इश्वर गौतम

अझै भन्दा एक बर्ष पहिलेको भनौ । प्रतिनिधि सभाका बाग्लुङ क्षेत्रका एक मानवीयले सडक कालोपत्र हुने नभए ठेकेदारलाई कार्वाही गर्ने मीठो भाषण त गर्नुभयो तालि पनि मज्जाले पाउनु भयो तर काम र कार्वाही दुर्व भएन । उहाँ भने अझै मज्जैले जनता माझ पुगेर बोल्न भाषण गर्न कत्ती लाज र दकस मान्नुहुन्न । यसरी जनताले झुट बोल्नु नेताको धर्म रहेछ भनी बुझीसके । यसरि सडक जस्ताको तस्तै रहेपछि उहाँको बोलिलाई समाएर उहाँलाई झक्झकाउने पनि नगरेका होइनन । उहाँ मौन हुनुहुन्छ । प्रतिक्रिया बिहिन हुनुहुन्छ किन हो कुन्नी । कि कतै ठेकेदारसँग मिलेमतो त हाईन ? प्रतिकृया त दिनुप¥यो, माननीय कमरेड जनतालाई । कहाँ के हुँदै छ किन रोकियो जवाफ दिनुपर्ने होइन र ? यसरी लाचर र निरिही बन्दा लज्जाबोध हुनुपर्दैन ? कि ठेकेदारसँग मिलेमतोले बोल्नुहुन्न यसरी मौन नरहनुस माननीय ज्यु । ती जनताको त्यो दर्दनाक पीडा हेर्दा तपाईंलाई अलिकती पनि समबेदना किन पलाउदैन हजुर । हजुरहरु त अझै दुईतिहाइ बहुमत प्राप्त सत्तासिन पार्टीको साम्सद यसरी जनताका समस्या मुकदर्शक बन्न मिल्छ र भन्या । माननीय ज्यु तपाईंहरुलाई भारी मत दिएर बाग्लुङ बासिले बिजयको पगरी भिराइदिए । बाग्लुङ बासी यति धेरै आशाबादी थिए । जस्को सिमा नै थिएन । कमरेड तपाईंले धेरै काम गर्नुभएको छ । मैले आरोप लगाएको पनि त होइन । तर तपाइले जनतालाई काम भएन ठिक छ । के कति कारणले ढिलाइ भो जानकारी त गराउनुपर्ने होइन र ? यसरी मौन नरहनुस हजुर । तपाईलाई भोट माग्ने कार्यकर्ता पनि ती जनताका गुनासाले भोट माग्न जादा गरेका बाचा पूरा नहुँदा ।
अर्को तर्फ घोडाबाधे गल्कोट खण्ड ३ बर्ष पहिले कालोपत्रे हुनु तर बाग्लुङ बिहुँ खण्ड किन अहिलेसम्म जस्ताको तेस्तै रह्यो । कहिले हुने हो पिच काम किन भैरहेको छैन ? कहाँ के समस्या छ त्यस्को निराकरण गरेर छिटो भन्दा छिटो सम्बन्धित निकायलाई दवाव दिनुपर्दैन र ? तपाईंहरुको यस्तो अकर्मण्यता त मौनताले जनता कति हिउँदमा धुलो र बर्षादमा हिलोमै गाडिएर बस्न बाध्य छन । यी समस्या ती जनगुनासा कति पचाउन सक्नुहुन्छ माननीय ज्यु । तपाईंले चुनाव जितेपछी तपाइँका ती आश्वासन सहितका भाषण एकपटक सम्झेर पहल गर्नुस न यत्ती गर्न त सक्नुहुन्छ होलानी । कति पटक ओहोरदोहोर गर्नु भो त्यो सडक तर मौनतालाई चिरेर कामकारबाहीलाई अघि बढाउन के ले रोक्यो । बाटो बन्दा तपाईंको नाम जोडिने होइन र ? जनता कति आक्रोसित छ्न । तर पनि माननियलाई कत्ती पनि हिनताबोध र लज्जाबोध नहुनु दुःखद कुरा हो । भर्खरै उपनिर्वाचन सम्पन्न भयो । तर माननीयले यो सडकको बिषयमा कता के कति बोल्नु भो कुन्नी सुन्निएन त ! नबोलेर हो कि मैले सुनिन । अलिकति लज्जाबोध भएर पो हो कि ?
जे होस उपनिर्वाचन र त्यसमा जनताले दिइरहेको दवावले अलि सकृय रहेको देखिएको छ । तीन बर्ष पहिले निर्माण को जिम्मा पाएको सुर्य निर्माण कन्ट्रक्सन ले अब छिटै काम थाल्ने र साउन मसान्तसम्म काम सकिने कुरा पनि कहिकतै आएको छ । यी कुरा पनि बोलिमा मात्रै सिमित नरहोस । कहाँ के भैरहेको छ । जनतालाई जवाफ चाहिन्छ । जनता आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै काम गर्न तयार छ्न । बोल्दै आलटाल गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । काम नगर्ने ठेकेदार लाई कार्वाही हुनुपर्छ । जनताको समस्याको सारथि बन्नु पर्छ ।
अन्त्यमामा अहिलेसम्म जे जति भयो त्यसलाई छोडेर अब छिटै सडक बिस्तारका लागि सबै एकजुट भएर स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकारलाई जबसम्म बाटो बन्दैन तबसम्म झकझकाउनु पर्छ । अब हामी सम्पूर्ण बाग्लुङ बासी जनता एकजुट भएनौ भने । माननियलाई मात्रै गाली गरेर पनि बाटो बन्ने छैन । निरन्तर दवाव सिर्जना गरौ । छिटो सडक कालोपत्र गर्न मौन रहेका सम्बन्धित निकायलाई दिनहु झक्झकाउने गरौ । तब मात्रै बर्से्नि भोग्नु पर्ने हाम्रा समस्या अन्त्य हुनेछ्न ।

२०७६ मंसिर २५ गते प्रकाशित ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here