
मनाङ, २४ मंसिर ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने सचेतना अभियान अन्तरगत मनाङ प्रहरीको आयोजनामा मंगलवार नागरिक सहभागी र्याली र पर्चा वितरण कार्यक्रम गरिएको छ ।
मनाङ जिल्ला सदरमुकाम चामे बजार स्थित चामे गाउँपालिकाको कार्यालय अगाडीबाट सुरु भएको र्याली सिटिजन वैंक चोकमा पुगेर एक कार्यक्रमका विच समापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले यस किसिमका कार्यक्रमले आमनागरिकमा सचेतना र जागरण ल्याउने बताउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा शुरु भएको लैंङ्गिक हिंसा विरुद्ध सचेतना, अन्तरकृया, पर्चा वितरण लगायतका १८ वटा विभिन्न कार्यक्रम सम्पन्न गरिएको मनाङका प्रमुख प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, स्थानिय आमा समुह, युवा क्लवका पदाधिकारी लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।










