
बागलुङ, २४ मंसिर ।
नेपाल मगर विद्यार्थी संघ बागलुङले स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिएको छ । संघले मंगलबार बागलुङ नगरपालिकामा मनरुपा थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा सुमन थापा मगर, सचिवमा मेलिना थापा मगर, सह–सचिवमा यम थापा मगर, कोषाध्यक्षमा खिरमाया पुलिसा मगर रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् । समितिले ४ जनालाई मसनोनित गर्ने बताइएको छ ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव तथा ४ नम्बर प्रदेशका इन्चार्ज मनबहादुर थापा (मनिष)ले मगर जातिहरुलाई अन्य जातिहरुले भ¥याङ बनाएर राज्य सत्तामा पुगेको बताउँदै मगरहरुको जीवनशैली अझै परिवर्तन आउन नसकेको बताए ।
सचिव थापाले देशमा जतिसुकै परिवर्तन आए पनि पछिडिएका जातिहरुको उत्थान हुन नसकेको बताउँदै मगरहरु कसैको प्रलोभनमा नपरि आफ्नो जाति र मुलुकको परिवर्तनमा लाग्नु पर्नेमा जोड दिए ।
नेपाल मगर विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य पुरन श्रीस मगरले मगर विद्यार्थी संघ कुनै पनि जाजजातिलाई होच्याउन दबाउन नभई मगर विद्यार्थीहरुको अवस्थालाई उकास्नको लागि भएको बताए । उनले अन्य जातिमा जस्तै मगरहरुमा पनि रहेक क्षेत्रमा काम गर्ने क्षमता भएको बताउँदै अवसरबाट वञ्चित हुँदा परेको बताए ।
नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सागर घर्ती मगरको अध्यक्षता, सह–सचिव मिना थापाको स्वागत र सचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।










