चिल्ड्रेन लाईफले जित्यो विद्यालयस्तरीय फुटसलको उपाधि

बागलुङ, २३ मंसिर ।
बागलुङ खेलकुद क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरीय फुटसलको उपाधि चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुलले जितेको छ ।
आईतबार भएको फाइनल खेलमा चिल्ड्रेन लाईफले सिदार्थ शिक्षा सदनलाई ११–७ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।


सुरुवाती अग्रता बनाएपनि सिदार्थले आफ्नो अग्रतालाई कायम गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपर्यो । विजेता र उपविजेता सहित सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई ट्रफि सहित पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगिताका १६ विद्यालयको सहभागिता जनाएको बागलुङ खेलकुद क्लबका अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here