विप्लव समूहका नेता अदालत छोड्दै, प्रहरी समात्दै (फोटो फिचर)

बागलुङ, २३ मंसिर ।
जिल्ला अदालत बागलुङले विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी नवीन कँुवरलाई धरौटीमा रिहा गरे पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ ।


राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुँवरलाई अदालतले सोमबार १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका कुँवर अदालतको आदेशअनुसार धरौटी तिरेर बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले पुनः पक्राउ गरिएको जानकारी दिँदै नेता कुँवरलाई पर्वत जिल्ला पठाइने जानकारी दिए ।

कँुवर विरुद्ध पर्वत जिल्लामा पनि मुद्धा भएकाले छिमेकी जिल्ला पठाउन लागिएको हो । पर्वत पहरी प्रमुख प्रहरी नावय उपरीक्षक श्याम अर्यालले कँुवर विरुद्ध सार्वजनिक स्थलमा अभद्र व्यवहारक गरेको आरोपमा सार्वजनिक मुद्दा रहेको छ ।
राज्य विरुद्धको अपराध विरुद्धमा यस अघि पक्राउ परेका नेकपाका नेता बाबुला शाक्य र विकिरणलाई प्रहरीले म्याग्दी, बागलुङ, स्याङजा घुमाएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here