शालिग्राम संरक्षणको लागि कुँडुलेमा बन्यो शालिग्राम संग्राहलय (भिडियो सहित)

राम थापा अविरल
बागलुङ, २२ मंसिर ।
भगवान विष्णुको अवतार मानिने शालिग्रामशिला संग्रहको लागि बागलुङ नगरपालिका–४ कुँडुलेको भुगर्भमा शालिग्राम संग्राहलय निर्माण गरिएको छ ।
झण्डै छ करोडको लागतमा एक वर्ष लगाएर संग्राहालय निर्माण गरिएको हो । कुँडुलेस्थित श्री रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर परिसरमा निर्माण गरिएको भूमिगत ’श्रीधराचार्य शालग्राम संग्रहालय ’को उद्घाटन पछि बोल्दै देउवाले नेपालको मौलिक हिन्दु सनातन धर्म संकटमा पर्दै गरेको उल्लेख गर्नुभयो ।


नेपालमा तिव्रगतिका साथ धर्म परिवर्तन भएको बताउँदै उहाँले शालीग्राम संग्राहलयले हिन्दुधर्म संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उनले विभिन्न लोभ र प्रलोभनमा पाश्चात्य धर्मको प्रभाव बढाइरहेको प्रति संकेत गर्दै पुराना मौलिक र ऐतिहासिक धर्म, संस्कृति र यससँग जोडिएका चिजवस्तुको संरक्षण सम्र्वद्धन गर्नुपर्नेमा जोडदिनुभयो । शालिग्राम संग्राहलय अनुन्धान केन्द्रको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना तयार गरिएको छ ।


सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । भौगोलिक नक्साअनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्साङ्कनलाई सिसाले घेरिएको छ । “सिङ्गो गण्डकी सभ्यताको नमूना प्रतिरूप यसमा देख्न सकिन्छ”, अध्यक्ष प्रपन्नाचार्यले भन्नुभयो । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका एक लाख २५ हजार शालिग्राम राखिएको छ ।
चौध वर्ष लगाएर सङ्कलन गरिएका शालिग्राम सङ्ग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । सङ्ग्रहालयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ ।
समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि सङ्ग्रह गरिएको छ । सुरुङको दायाँपट्टि ११२ जना अट्ने वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ ।


वृत्तचित्र भने आउँदो पुसभित्र तयार हुने अध्यक्ष प्रपन्नाचार्यको भनाई छ भक्तजन र पर्यटकलाई सङ्ग्रहालयभित्र एक÷डेढ घण्टा भुल्ने वातावरण बनेको छ ।
सङ्ग्रहालयमा बायाँपट्टिबाट प्रवेश गरी एक फन्को लगाएर बाहिर निस्कने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय घुमेको १०० शुल्क तोकिएको छ । विद्यार्थीले ५० को टिकटमा सङ्ग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि सङ्ग्रहालय खुला हुने जनाइएको छ ।
सङ्ग्रहालय निर्माणका लागि गत आवमा गण्डकी प्रदेश सरकारले ८० लाख र बागलुङ नगरपालिकाले १० लाख बजेट छुट्याएको थियो । सङ्ग्रहालय नजिकै निर्माणाधीन श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको पनि ९५ प्रतिशत काम पूरा भएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाइएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ ।
भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here