
पोखरा, २२ मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ ।
पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपालले रजत पदकमा चित्त बुझाएको हो ।
फाइनलमा नेपाल भारतसँग २१–३५ को गोलअन्तरले पराजित भएको हो । सुरुवातदेखि भारतसँग पछाडी परेको नेपालले कुनै पनि समयमा अग्रता दिन नसक्दा रजत पदकमा चित्त बुझाउनुपरेको हो । नेपालले पहिलो पटक फाइनलमा पुग्दै रजत पदक जित्न सफल भयो ।
नेपालले शनिबार सेमिफाइनल खेलमा पाकिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेर इतिहास रचेको थियो । उक्त खेलमा नेपालले पाकिस्तानलाई २२–२१ को रोमाञ्चक जित हात पारेको थियो ।










