
बागलुङ, २२ मंसिर ।
लागु औषध रोकथाम तथा नियन्त्रणको अभियानमा सक्रिया जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध सेवनकर्ता र विक्री कर्ता दुवैको सुक्ष्म अध्यान गरेको छ ।
संकास्पद व्यक्तिलाई पक्राउ, सोधपुछ तथा स्वास्थ्य परीक्षणको साथै लागु औषध कारोबार हुने सम्भावित क्षेत्रको विशेष निगरानी राखेको प्रहरीलाई ‘निसीका केही व्यक्तिले चरेशको कारोबार गर्ने सुरक मिल्यो ।
त्यही सुरकको आधारमा इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गको प्रहरी टोलीले आफै चरेश किन्ने भन्दै निसीखोला गाउँपालिका–६ सिप रिनुवा बस्ने २५ वर्षिय रामबहादुर साहुथोकीलाई सम्पर्क ग¥यो ।
प्रहरी नै खरिद कर्ता हो भन्ने अड्कल काट्न चुकेका साहुथोकीले खरिदको लागि निसीमा बोलाए । खरिद कर्ता बनेको प्रहरी सम्बन्धी ठाउँमा पुगे पछि रामबहादुरले चरेश भएको ठाउँ निसी–६ सिप रिनुवा बस्ने ३० वर्षिय भागीमला बुढाको होटलमा पु¥याए ।
पाँच केजी चरेश भएको ठाउँमा पुगेर पैसाको लेनदेन हुँदै गर्दा प्रहरीले दुवै जनालाई मंसिर २० गते साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ ।
उनीहरुलाई जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एपी) नवराज भट्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार बरामद भएको चरेश गुल्मीबाट भागीमलाले किनेर ल्याएकी थिईन ।

रुकुमबाट ३५ हजार रुपैयाँ किलोमा किनेको चरेश आफुहरुले प्रतिकिलो ४० हजार रुपैयाँमा विक्री गर्ने तयारी गरेको पक्राउ पर्ने बुढाले स्वीकार गर्नुभएको छ । उनीहरु विरुद्ध लागु औषध चरेश विरुद्धको मुद्दा दर्ता गरिएको छ ।
पक्राउ पर्नेहरुको अन्य सम्पर्क सुत्र मोवाईल सिंगलबाट अनुसन्धान हुने प्रहरीले बताएको छ । लागु औषध सेवक तथा विक्री वितरण नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको छ । युवा विद्यार्थी लागु औषधको कुलतमा फसेको गुनासो पछि प्रहरीले विद्यालय– विद्यालय पुगेर प्रशिक्षण तथा लागु औषध किट प्रयोगले स्वास्थ्य (पिसाव) परीक्षणको अभियान नै चलाएको छ ।
प्रहरी प्रमुख नवराज भट्टका अुनसार बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी माविका ६ जना विद्यार्थीको पिसाव परीक्षण गर्दा ६ जनाले नै लागु औषध सेवन गरेको भेटिएको थियो ।
त्यस्तै, बागलुङ नगरपालिकाको लहरेपिपलमा २० मध्ये ५ र ताराखोला गाउँपालिकाको नेपाल मावि तारामा २५ विद्यार्थीमा गरिएको परीक्षणमा ५ जना विद्यार्थीले लागु औषध सेवन गरेको पुष्टि भएको थियो ।
जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको प्रहरीले विद्यालय प्रशासनबाट आवश्यक सहयोग प्राप्त नभएको प्रहरी प्रमुख एपी भट्टले गुनासो गरे । ‘हामीले नयाँ प्रयोगकर्तालाई कुलतमा फस्नबाट जोगाउने प्रयास गरेको हो उहाँले भन्नुभयो– विद्यालय प्रशासनले व्यवसायिक दृष्टीले मूल्याकन गर्दा सहयोग पाउन सकिएन ।’










