बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा १४ को मृत्यु

नवीन शिशिर बागलुङ, १७ मंसिर ।
बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १ बालक सहित ९ महिला र ४ जना पुरुष जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी गुल्मीको इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी बर्दघाट– २ बस्ने वर्ष ६० को भुमा कार्की, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्री, गुल्मी इश्मा– ४ का ४० वर्षिय सिता कार्कि, इश्मा– ४ वस्ने ६५ का झवि कार्की, ४५ वर्षिय भुमी कार्की, २५ वर्षिय मिना बस्नेत, ६५ वर्षिय धन बहादुर कार्कीको रहेका छन् । अन्य ४ जनाको खनातख हुन नसकेको इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गका प्रहरी नायव निरीक्षक निरबहादुर बैद्यवारले जानकारी एि ।
घाइते हुनेमा नवलपरासी वर्दघाट २ का १८ वर्षिय जीवन कार्की, गुल्मी इश्मा– ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसि रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी भविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here