
बागलुङ–२ (ख)मा ४ सय ७५ मतले जनमोर्चाका खिमबिक्रम को अग्रता
बागलुङ, १५ मंसिर ।
देशसभा उपनिर्वाचन अन्तर्गत बागलुङ–२ (ख)मा राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता लिएका छन् । उनले नेपाली काँग्रेसका जितबहादुर शेरचनले भन्दा ३ सय ४५ रनले अग्रता लिएका छन् ।
कुल ६ हजार ७७६ मत गणना हुँदा बामगठबन्धनका खिम बहादुर शाहीले ३ हजार ५१४ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका शेरचनले ३ हजार ४० मत ल्याएका छन् ।
यस्तै समाजबादी पार्टीका अशोक कुमार विकले १ सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का निम बहादुर भण्डारीले १२, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ७, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिल कुमार राईले ३, मंगोल नेशनल अर्गनाइजेसनका मित्र बहादुर मगरले १, स्वतन्त्र सन्तोष भण्डारीले १६ र स्वतन्त्र शेरमान घर्ती मगरले ५१ मत प्राप्त गरेका छन् ।
नेकपाका स्थानीय नेता शेरमान घर्तीले जनमोर्चाकै शाहीलाई समर्थन गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश बहादुर कुँवरले खाता नै खोलेका छैनन् ।
२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।










