
बागलुङ, १५ मंसिर ।
प्रदेश सभा सदस्यको लागि बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उपचुनबको प्ररम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
ढोरपाटन नगरपालिका वार्ड नम्बर १ को उदारगङ्गा मा।बि केन्द्रको १००८ मत गणना हुदा सम्मा नेपाली काङ्ग्रेस अग्र स्थानमा देखिएको छ ।
सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार राजमोका खिमविक्रम शाही ले ३८६, नेपाली कांग्रेका जीतबहादुर शेरचन ५२५, समाजवादी पार्टीका अशोककुमार विक ७० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का नीमबहादुर भण्डारी २ र स्वतन्त्र–क्लिप चिन्हमा ९ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी ६ मत प्राप्त गरेका छन भने १० मत बदर भएको निर्वाचन कार्यलय ले जानकारी दिएको छ ।
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त भएको उक्त पदमा उपचुनाब भएको हो ।










