बागलुङमा मतगणना सुरु

बागलुङ, १५ मंसिर ।
प्रदेश सभा सदस्यको लागि बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणना सुरु भएको छ। कुल ३५ हजार १ सय ८४ मतदाता रहेकोमा २१ हजार ४ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।ढोरपाटन नगरपालिका वार्ड नम्बर १ को उदारगङ्गा मा.बि केन्द्रको बुथ बाट मतगणना सुरु भएको निर्वाचन कार्यलयले जनाएको छ ।

उपनिर्वाचनको लागि सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०बाट नीमबहादुर भण्डारी उम्मेदवार छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवार घर्तीले भने वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिएका थिय । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त भएको उक्त पदमा उपनिर्वाचन भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here