बडिगाड गाउँपालिका २ को वडाध्यक्षमा नेकपाका शेरचन विजयी

बागलुङ, १४ मंसिर ।
बडिगाड गाउँपालिकाको २ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी भएका छन् ।
शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा ढालेन्द्र शेरचनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मत पाएका छन् ।
त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत प्राप्त गर्नुभएको छ । कुल १ हजार १ सय ३४ मत खसेकोमा १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जानकारी दिएको छ ।
बडिगाड-२ मा यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा तत्कालिन एमालेका विष्णुप्रसाद भुषालले विजयी हासिल गरेका थिए ।
भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त स्थान रिक्त रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here