कुश्मीशेरा जीप दुर्घटना अपडेटः गम्भिर घाईते पाँच जनालाई पोखरा पठाइयो

बागलुङ, १४ मंसिर ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । गम्भिर घाईते पाँच जनालाई पोखरा पठाइएको छ ।
बरेङ गाउँपालिकाबाट बलेवाका लागि छुटेको ध १ ज २०७ नम्बरको पिक अप भ्यान कुश्मीशेरामा दुर्घटना हुँदा धौलागिरी पोलिटेक्नीक इन्टिच्युटमा अध्ययरत विद्यार्थी घाईते भएका हुन ।
प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरामा सामान्य उपाचारपछि सबै घाईतेहरुलाई धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइएको थियो ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले गम्भिर घाईते जम्मा चन्द्रनाथकी १९ बर्षिय उमा उपाध्याय, बागलुङ नगरपालिका वडा नम्बर १० का १७ बर्षिय पुजन मल्ल, सर्लाही चन्द्र न.पा. ३ बस्ने २० बर्षिय पृथ्वी नारायण गुप्ता, जुम्ला चन्द्रनाथ गाउँपालिका–१ का १८ बर्षिय जीवन रावत र बजाङकी २० बर्षिय डिलासा सिंहलाई थप उपचारको लागि पोखरा पठाएको छ ।
घाईते मध्ये कुश्मा नगरपालिका–४ की १८ बर्षिय प्रमिला परियार, गोर्खा सती पिपलकी १८ बर्षिय यन्जीला गुरुङ, धनुसा बडेस्वर गाउँपालिका–२ का १९ बर्षिय सुनिल कुमार शाह, जुम्ला पात्रासी–३ का २० बर्षिय छोचुङ तामाङ, जुम्ला तातोपानी गाउँपालिका–६ का १९ बर्षिय रामशंकर न्यौपाने, महोत्तरी बर्दिबास–९ का १९ बर्षिय संजिव कुमार महतो, बाकेका १८ बर्षिय मदन पौडेल, बरेङ गाउँपालिका–१ का १८ बर्षिय दिपेन्द्र पौडेल र हुम्ला सर्केघाट–५ का २० बर्षिय जीवन शाहीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । यस्तै जुम्ला पातरासी गाउँपालिका–३ का १९ बर्षिय नरेश कुमार यादवको धौलागिरी अञ्चल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
पिकअप भ्यान सडकमा पल्टीएको प्रहरी चौकी कुश्मीशेराका प्रमुख अमृत बगरले बताउनुभयो । घाईते यात्रुहरुका अनुसार बलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्टीच्युटमा अध्ययनरत बिद्यार्थी बरेङ गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेर फर्किएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here