नवरत्न बहुउद्देश्यीयको कारोबार ४५ करोड

बागलुङ, १४ मंसिर ।
नवरत्न बहुुउद्धेश्यीय सहकारीले संस्था बागलुङले गत आर्थिक वर्षमा ४५ करोड बढीको आर्थिक कारोवार गरेको छ ।
सहकारीको ९ औ साधारण सभामा संस्थाले गत आर्थिक वर्ष ४५ करोड ३० लाख ६२ हजार ३ सय ५१ रुपैयाँको कारोवार गर्न सफल भएको कोषाध्यक्ष प्रेम बहादुुर क्षेत्रीले जानकारी दिनुभयो ।
३ सय ७९ सेयर सदस्य रहेको संस्थाको सेयर पुुँजी २ करोड ११ लाख ८० हजार ९सय रहेको कोषाध्यक्ष क्षेत्रीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।


कार्यक्रम बोल्दै बागलुुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेलले सहकारीहरु आफ्नो उद्देश्य अनुरुप संचालन भए नभएको कडाईका साथ नियमन गर्ने बताउनुभयो । ‘धेरै सहकारी ऋण र बचतमा केन्द्रीत भएको पाएका छौँ मेयर पौडेलले भन्नुभयो–‘आफ्नो उद्देश्य अनुरुप संचालन नहुने सहकारीको मुल्याकन हुन्छ ।’
नगरपालिका सुन्तला, चिया जस्ता फलफूल तथा नगदी बाली उत्पादनको लागि सहकारी क्षेत्रसँग समन्वय गरी उत्पादनमा जोडिन चाहेको मेयर पौडेलको भनाई थियो । ‘सरकारी, सहकारी तथा निजी क्षेत्र उत्पादनसँग जोडिनु आवश्यक छ उहाँले भन्नुभयो–अर्थाेपार्जन नभएसम्म समृद्धि प्राप्त गर्न सकिदैन ।


कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमले सहकारीलाई लगानी मैत्री बातावरण तयार गर्न राज्यले आवश्यक ऐन कानुन संशोधन गर्नुपर्नेमा जोडदिनुभयो । ‘सबै सहकारीले आफ्नो उद्देश्य अनुरुप लगानी गर्दै पर्छ’ उहाँले भन्नुभयो– ‘राज्यले पनि आवश्यक ऐन कानुन संशोधन गरेर सहकार्यको बातावरण तयार गर्न कन्जुस गर्नुहुन्न ।’
कार्यक्रममा जिल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष दर्गा कुवर, निलगिरी अस्पताल बागलुुङका अध्यक्ष डिल बहादुुर कार्की सेयर सदस्य लिला बहादुुर कार्की लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम नवरत्न बहुुउद्धेश्यीय सहकारीका अध्यक्ष हेमबहादुुर खत्रीको अध्यक्षता, सदस्य भूमिकला थापाको स्वागत रसचिव देवबहादुुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाले आर्थिक तथा प्रगति प्रतिवेदन पास गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here