बागलुङ (कुश्मीशेरा), १४ मंसिर
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा भएको पिकअप भ्यान दुर्घटनामा घाईते भएका सवै १५ जना विद्यार्थीलाई धौलागिरी अञ्चल अस्पताल बागलुङमा रिफर गरिएको छ ।
घाईतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा सामान्य उपचारपछि घाईते सवै १५ जनालाई थप उपचारको लागि अञ्चल अस्पताल बागलुङमा रिफर गरिएको जैमिनी निगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बरेङ गाउँपालिकाबाट बलेवाका लागि छुटेको ध १ ज २०७ नम्बरको पिक अप भ्यान कुश्मीशेरामा दुर्घटना हुँदा धौलागिरी पोलिटेक्नीक इन्टिच्युटमा अध्ययनरत विद्यार्थी घाईते भएका हुन ।
घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेराले जानकारी दिएको छ ।
घाईते यात्रुहरुका अनुसार वलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्टीच्युटमा अध्ययनरत बिद्यार्थी बरेङ गाउँपालिकामा पशु स्वास्थ्य शिविर संचालनको लागि लागि पुगेर फर्किएका थिए । संस्थाका कर्मचारी, विद्यार्थी सहित ४३ जनाको समुह शिविरमा पुगेको र दुई वटा जीप र एक पिकअप भ्यानमा फर्किएको बाइएको छ ।










