कुश्मीसेरामा जीप दुर्घटनाः १५ घाईते, चारको अवस्था गम्भिर

बागलुङ, १४ मंसिर
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १५ विद्यार्थी घाईते भएका छन् ।
बरेङ गाउँपालिकाबाट बलेवाका लागि छुटेको ध १ ज २०७ नम्बरको पिक अप भ्यान कुश्मीशेरामा दुर्घटना हुँदा धौलागिरी पोलिटेक्नीक इन्टिच्युटमा अध्ययनरत विद्यार्थी घाईते भएका हुन ।
घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेराले जानकारी दिएको छ । गम्भिर घाईतेको स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि धौलागिरी अंचल अस्पतालमा पठाएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।
थप ११ जनाको प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भैरहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ । पिकअप भ्यान सडकमा पल्टीएको प्रहरी चौकी कुश्मीशेराका प्रमुख अमृत बगरले बताउनुभयो ।
घाईते यात्रुहरुका अनुसार वलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्टीच्युटमा अध्ययनरत बिद्यार्थी बरेङ गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेर फर्किएका थिए ।
स्वाथ्स्य केन्द्रमा एक्सरेको समेत व्यवस्था नहुने भएकाले सामान्य घाईतेलाई समेत धौलागिरी अञ्चल अस्पाताल ल्याउने तयारी भैरहेको । प्रहरीका अनुसार चालक फरार छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here