उपनिर्वाचनः पोखराको मतदान केन्द्र नजिकै बम बिस्फोट

पोखरा, १४ मंसिर ।
कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।
समाजवादी उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले मतदान गर्ने केन्द्र परिसर नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान स्थगित भएको छ ।
पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए ।
वम विस्फोटपछि केहीबेरका लालगि नवप्रभात माध्यमि विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको छ ।
यद्यपि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उक्त विष्फोट गराउने समूह, ब्यक्तिको खोजी कार्य जारी रहेको बताएको छ । बम विष्फोटपछि सम्म मतदान सुरु भएको छैन भने विष्फोटामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here