१३ औं सागः पुरुष भलिबलमा नेपाली टोली समुह चरणबाटै बाहिरियो, महिला टोली सेमिफाइनलमा

बागलुङ, १३ मंसिर ।
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा समाप्त भएको छ । शुक्रबार समूहको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
भारतविरुद्ध पहिलो सेटको सुरुवाती समय केहि प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपालले लामो समय त्यसै स्तरलाई निरन्तरता दिन सकेन । अग्ला कदका खेलाडी सम्मिलित भारतीय टोलीले नेपालमाथि लगातार दवाव राख्दै २५-१५ ले पहिलो सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा नेपालले लगातार अंक गुमाउँदा २५-१३ को हार बेहोर्यो ।
तेस्रो सेटमा भने नेपालले सुरुवाती समयमा कडा टक्कर दिएपनि २५-१६ ले अन्तिम सेट गुमायो । यस जितसँगै भारत समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भने लगातार दोस्रो हारसँगै १ अंक जोड्दै सेमिफाइनल पुग्नबाट बन्चित भयो । बंगलादेश भने नेपालविरुद्ध जितबाट हासिल गरेको २ अंकको मदतले सेमिफाइनलमा स्थान पक्का गर्न सफल रहयो ।
यस्तै महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ ।
भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको खेलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सोझो सेटमा पराजित गरेको थियो । पहिलो खेलमा पनि बंगलादेशसँग समान ३–० कै सोझो सेटमा पराजित भएको थियो ।
नेपालले पनि भारतसँगको खेल ३–० को सोझो सेटमा गुमाएको थियो । यद्दपी नेपालले पहिलो सेटमा भने कडा टक्कर दिएर अन्तमा २६–२४ ले खेल गुमाएको थियो । नेपाली महिला भलिबल टोलीले सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेता हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here