चुनावको मुखमा बाम गठबन्धन र काँग्रेसबीच हानथाप

बागलुङ, १३ मंसिर ।
नेपाली काँग्रेस बागलुङले शनिबार उपनिर्वाचन हुने बागलुङ क्षेत्र नम्बर–२ (ख) मा बामगठबन्धनले निर्वाचन आचार संहिता उल्लघन गरेको आरोप लगाएको छ ।
मौन अवधि सुरु भए पछि शुक्रबार नेकपाका सांसद, केन्द्रीय नेता तथा ढोरपाटन नगरपालिकाका मेयरले विकासे योजना तथा नगदको आश्वासन दिई मतदातालाई प्रभावमा पार्न जोखेको आरोप लगाएको हो ।
बामगठबन्धनका उम्मेदवारलाई विजय बनाउन ढोरपाटन नगरपालिकाका नगरप्रमुुख देवकुुमार नेपालीले निर्वाचन आचारसंहिता उल्लघन गर्दै शुक्रवार ढोरपाटन नगरपालिका– ९ मा पुल, सडक, जलविद्युुत आयोजनाको ऋण ६ लाख ऋण तिरिदिने जस्ता आश्वासन दिएको नेपाली काँग्रेस बागलुङका कोषाध्यष उमेश गौतमद्वारा जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
काँग्रेसले प्रदेश सभा सदस्य चन्द्र बहादुर बुुढा, जिल्ला समन्वय समितिका प्रमुुख राजेन्द्र ढुुङ्गाना, जनमोर्चा जिल्ला अध्यक्ष अमर थापा लगायत नेताहरुले तमानखोला गाउगँपालिका–१ बोङदोभानका मतदातालाई प्रलोभन देखाई विकासको आश्वासन तथा नगद बाँड्ने कोशिस गरेको विज्ञाप्तीमा उल्लेख छ ।
त्यस्तै बागलुङको बडिगाड गाउँपालिका २ मा हुुन लागेको वडा अध्यक्षका उम्मेदवार डिलबहादुुर रानालाई नेकपाका कार्यकर्ताहरुले हातपात गरेको नेपाली काँग्रेसले दावी गरेको छ । निर्वाचन आचार संहिता विरुद्धका गतिविधि विरुद्धका घटनाको भत्सना गर्दै काँग्रेसले आचार संहिता विरुद्धका कार्य रोकी निर्वाचन स्वच्छ र भयरहित बनाउन माग गरेको छ ।
निर्वाचन आचार संहिता उल्लघनको आरोप हार मानसिकताको उपज भएको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले प्रतिक्रिया दिनुभयो । ‘म नेपालकै दानवीर मेयर हुँ, निर्वाचनमा केही बाँड्नु पर्दैन’ उहाँले भन्नुभयो’ जनताको सेवामा निरन्त लाग्नमाथि आरोप लगाउनु निर्वाचनदेखि भयवित हुनु हो ।
ढोरपाटन–९ मा शुक्रबार विहान आफन्ताको घरमा ब्रतबन्धको निम्तो मान्न गएको बेला भएको भेटघाटलाई काँग्रेसले अतिरञ्जित गरेको मेयर नेपालीको भनाई छ । ‘चुनावमा मैले केही बाँड्नु पर्दैन उहाँले भन्नुभयो–‘भ्रम फैलाउन काम सबैले बन्द गर्नुपर्छ ।’
यसैबीच, संयुक्त बाम गठबन्धन चुनाव प्रसार प्रसार समितिका संयोजक अमरबहादुर थापाले जनप्रतिनिधि तथा नेतृत्वमाथि नेपाली काँग्रेसका युवाहरुले तमानखोला–१ बोङगादोभावमा गरेको अमर्यादित क्रियाकलको भत्र्सना गर्नुभएको छ ।
निर्वाचनलाई मर्यादित र अनुशासित बनाउन तथा समन्वयका लागि निर्वाचनमा सहभागी सबै दल, उम्मेदवारका तर्फबाट ÷ जना जिल्ला स्तरीय नेतृत्व सम्बन्धीत निर्वाचन क्षेत्रमा बस्न गरी निर्वाचन कार्यालयसँगको सहमति अनुसार आफुहरु तमानखोला पुगेर फर्केको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
तमानदेखि फर्कने क्रममा नेपाली काँग्रेसका युवाहरुले गाडी रोकेर अनर्गल लान्छना, गाली गलौज तथा अमर्यादित गतिविधि गरेको विज्ञाप्तीमा उल्लेख छ । नेपाली काँग्रेसले उक्त घटनालाई निर्वाचन आचार संहिता विपरिच कार्य गरेको भनि प्रचार गरेको घटना प्रति गठबन्धले आपत्ती जनाएको छ ।
सहमति अनुसार नेपाली काग्रेसको जिल्ला नेतृत्व निर्वाचन क्षेत्रमा रहनुपर्ने भए पनि तनहुँका प्रदिप पौडेल र दार्जुलाका मञ्जित ताम्राकार अहिले पनि निर्वाचन गाउँ गाउँमा पुगेर मतदाता भड्काउने काम गरेको गठबन्धनले दावी गरेको छ । गठबन्धनले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here