गलकोट घुम्टे महोत्सवः पालिकास्तरीय पुरुष भलिबलको उपाधि स्याङ्जाको विरुवा गाउँपालिकालाई

बागलुङ, १२ मंसिर ।
अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाको विरुवा गाउँपालिकाले जितेको छ ।
बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने उद्देश्यले गलकोट पर्यटन विकास केन्द्रले गल्कोट नगरपालिका–४ हरिचौरमा आयोजना गरेको दोस्रो गलकोट घुम्टे महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको बिहीबार फाइनल खेलमा स्याङ्जाकै लिगण्डकी गाउँपालिकालाई २–३ सेटले पराजित गर्दै विरुवाले गाउँपालिकाले उपाधि चुमेको हो ।
प्रतिस्पर्धात्मक खेलमा विरुवाले पहिलो सेट २५–१९ ले जितेपनि दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ र २५–२१ ले पराजित भएको थियो । विरुवाले चौथो र पाँचौं सेटमा उत्कृष्ट पुनरागम गर्दै क्रमशः २५–१७ र १५–११ ले जितेको थियो ।
उपाधि जितेको विरुवा गाउँपालिकाले १ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाएको कालिगण्डकी गाउँपालिकाले ७२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो । पुरुष भलिबलमा बागलुङ र स्याङ्जाका ९ ओटा स्थानिय तहहरुको सहभागिता रहेको थियो ।
यस्तै आजै भएको महिला भलिबलको उपाधि बागलुङको तमानखोला गाउँपालिकाले उपाधि चुमेको छ ।
फाइनल खेलमा तमानखोला गाउँपालिकाले बागलुङकै बडिगाड गाउँपालिकालाई २५–२१, २५–१६ र २५–१४ को सोझो सेटमा पराजित गर्यो ।
विजेता तमानखोलाले ५५ हजार ५ सय ५५ र उपविजेता बडिगाड गाउँपालिकाले ३२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here