म्याग्दीमा मोटरसाईकल र जिप ठोक्किदा तीनजना घाईते, दुई जनालाई पोखरा रेफर

बेनी, १० मंसिर ।
मोटरसाइकल र बोलेरो जिप एक अर्कामा ठोक्किँदा तीनजना घाईते भएका छन् ।
बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरो नजिक मोटरसाइकल बोलेरोमा जीपमा ठोक्किँदा जिल्लामा रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीका तीनजना यूवा घाईते भएका छन् ।
बेनीबाट गलेश्वरतर्फ जादै गरेको मोटरसाईकलमा सवार पाखापानीका सन्तोष थजाली, अमर पाईजा र मनी पूर्जा घाईते भएका छन् ।
गलेश्वरतर्फबाट आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जिपलाई मोटरसाईकलले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाईते मध्ये सन्तोष र अमरको अवस्था गम्भीर छ । उनीहरुलाई पोखरा रेफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
घाईतेमध्येका मनी पुर्जाको अबस्था सामान्य रहेकाले उनको बेनी अस्पतालमै उपचार भैरहेको छ । प्रहरीका अनुसार, तिब्र गतिमा चलाएको कारण मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुन पुगेको पाईएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here