इश्वर गौतम
नेपालको तीन (पुर्व, पश्चिम र दक्षिण) तर्फको सिमा भारतसँग जोडिएको छ । जहाँ खुल्ला सिमानाका कारण र नेपाल सरकारको बेवास्ता र मुकदर्शक बन्दा सदियौदेखी भारतले नेपालको भुमी अतिक्रमण गरिरहेको छ ।
भारतिय सुरक्षाकर्मिहरुले, सेनाहरुले, सिमा सुरक्षा बलका जवानहरुले सिमा नाघेर आउने, सिमा स्तम्भ सार्ने, गायव पार्ने, नेपाली भुमी कब्जा गर्ने, नेपालीलाई कुटपिट गर्ने, धम्क्याउने, तर्साउने अनेक प्रकारका दुःख पीडा दिने, गोली ठोकेर ज्यान समेत लिने अपराधी किर्याकलाप गर्दै आएको कुरा हामीसामु स्पष्ट छ । यसरी उसले नेपालसँग सिमाना जोडिएका नेपालका २६ जिल्लाका विभिन्न स्थानहरुमा हजारौं बिघा जमिन दिनानुदिन अतिक्रमण गरिरहेको छ । नेपाली जमिन कब्जा गरिरहेको छ । तर नेपालका राजनीतिक दलहरुभने भारत सामु यस्ता बिषयमा सत्ताबाहिर हुँदा गरम त सत्तासिन बनेपछी नरम हुने हुँदा यस्ता समस्या दिनानुदिन बढ्दै छन् ।

लेखकः इश्वर गौतम

अर्कोतर्फ नेपालको राष्ट्रिय एकता, स्वाधिनता र स्वतन्त्रता माथी हमाला भैरहेको छ । यी समस्या बाहेक पछिल्लो बर्तमान परिस्थिति भने अलि फरक रहेको छ । नेपालीभुमी लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत परिचित भु–भागलाई भारतले आफ्नो नक्सामा समेटेर नक्सा सार्वजनिक गरेपछी देश तथा बिदेशमा रहेका नेपालिहरु भारतको बिरोधमा उत्रिएका छ्न । सरकारले पनि भारतको एकपक्षीय निर्णयले सार्वजनिक गरिएको नक्सा अमान्य भन्दै धारण सार्वजनिक गरेको छ ।
कार्तिक २३ गते प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक पनि एउटा महत्वपूर्ण रुपमा हेरिएको छ । यसरी अहिले यो समस्या कुटनैतिक पहलमार्फत दीर्घकालीन रुपमा समाधान गर्न एउटा अवसर रुपमा प्रयोग गर्न सक्नु ऐतिहासिक चुनौतीका रुपमा आएको छ । अर्कोतर्फ नाकबन्दीको दृढता पुर्वक सामना गरेका प्रधानमन्त्री ओलीको दोस्रो अग्निपरिक्षाको रुपमा हेरिएको छ ।
कत्रो थियो कत्रो भयो नेपाल ?
हामीले सुन्यौ पढयौ “पश्चिम किल्ला काङ्गडा पुर्वमा टिष्टा पुगेथ्यौ” हो नेपाल सन् १८१६ को सुगौली सन्धिपछी मात्रै मेचि महाकालीमा खुम्चिएको हो । त्यसभन्दा पहिले नेपाल पुर्वमा टिस्टा (सिक्किम) र पश्चिममा सतलज काङ्गडासम्म फैलिएको थियो । जसको क्षेत्रफल ३,६७,५७५ बर्गकिलोमिटरमा फैलिएको थियो ।
सन् १८०१ मा नेपाल र इष्टइन्डिया कम्पनी बिच भएको १३ सूत्रिय सन्धिको बेवास्ता गर्दै अंग्रेजले नेपाल अधिराज्यको सिमा क्षेत्रका ५ ठाउँमा आफ्ना सैनिक अड्डा खडा गर्यो । ४५ हजार फौज र ८३ हजार तोपसहित उनीहरु तैनाथ भएका थिए । त्यतिबेला नेपालको फौज त्यसको आधा पनि थिएन । काङ्गडा जित्न नसक्नु, अल्मोडाको पतन हुनु र बम शाहाले आत्मसमर्पण गरेपछी अमरसिंह थापा (पश्चिमका कमाण्डर)ले महाकाली पारिको भुभाग अङ्ग्रेजलाई छाडिदिने पक्षमा हस्ताक्षर गरे । त्यसपछि अङ्ग्रेजले सुगौली सन्धिका बुदाहरु तयार गर्यो र नेपालको सिमा मेचिकाली कायम हुन गयो । यसरी सुगौली सन्धिबाट नेपाली भुमी खुम्चिन पुग्यो तर अर्को कमजोरी महाकाली नदि सिमाना भनिएपनि त्यसको मुहान स्पष्ट गरिएन त्यसपछिका सबै नक्साहरुमा कालीको मुहान लिम्पियाधुरा उल्लेख गरिए पनि लिपुलेक पश्चिमबाट बग्ने खोल्सोलाई काली भन्न थालियो । आजभोली भारतले कालपानीको सानो पानीको मुललाई कालीको मुहान भन्दै एकातिर भ्रम छर्ने काम गरिरहेको छ । नेपालीभुमी अतिक्रमण गरिरहेको छ । यसरी सुगौली सन्धिबाट खुम्चिएको नेपालको १,४७,१८१ बर्गकिलोमिटर बाँकी रहेको क्षेत्रफल पनि भारतले हड्पेको छ । नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता माथी हस्तक्षेप गरिरहेको छ । नेपाली जनतालाई दुःख दिइरहेको छ ।
यी इतिहासका बिषय बाहेक हालसालै भारतले नेपालको बहुचर्चित भुमु लिपुलेक आफ्नो राजनितिक नक्सामा सार्वजनिक गरेपछी सिमाबिबादको कुरा सतहमा आएको छ । नेपालका राजनीतिक दलका भातृ संगठनहरु, बिद्यार्थी संगठन ‘गो ब्याक इन्डिया’ नारा घन्काइरहेका छन् । बिश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरु एकजुट बनेका छन् । नेपालका राजनीतिक दलले सर्वदलीय बैठकमा एउटै आवाज निकालेका छन् । यस्तै सन् २०१५ मा नेपालीभुमी लिपुलेकबाट नेपाल र चिनबिच ब्यापारीमार्ग बनाउने सहमती सम्झौता गरेको थियो । जुन सम्झौतामाथी नेपालले आपत्ती जनाएको थियो । सार्वभौमसत्ता उल्लंघन गरेको भन्दै बिरोध गरेको थियो । तर त्यो बिषय जहाँको त्यही रह्यो । सिमाजस्तो समबेदनशिल बिषयमा पनि नेपाल सरकार निरिही रह्यो ।
यस्तै कारण हुँदै हाल भारतले नेपालको उत्तर पश्चिममा अवस्थित कालापानीको ३५ किलोमिटर क्षेत्रफल आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको छ । जसले नेपाली स्वतन्त्रता माथी ठाडो हस्तक्षेप भएको छ । जसकारण कुटनैतिक तनाव मात्रै होइन, राजनीतिक र जनताको सम्बन्धमा खलल आउन सक्छ । नेपाली राष्ट्रिय अखण्डता माथिको प्रहार भएको छ । राष्ट्रिय सुरक्षाका लागि एउटा चुनौती खडा गराइदिएको छ । भने अर्कोतर्फ नेपालका लागि एउटा अवसर सृजना भएको छ ।
यतिबेला सम्पुर्ण बिश्वभर छरिएर रहेका नेपालीहरु एकताबद्ध भएर अतिक्रमित सम्पुर्णभुमी फिर्ता गर्न एकजुट हुनुपर्छ । सिमा बिबादलाई सधैका लागि अन्त्य गर्न सिमालाई सधै सुरक्षित राख्न आवश्यक सम्पुर्ण दीर्घकालीन समधान गर्ने एउटा गतिलो अवसरसँगै आएको छ । यसलाई नेपालले एउटा अवसरका रुपमा लिनुपर्छ । नेपाल सरकार कडा रुपमा प्रस्तुत हुनुपर्छ । अहिले सिमा अतिक्रमणको बिरोधमा मुलुक एकताबद्ध भएको छ । यहि मौकालाई सदुपयोग गर्दै एकीकृत राष्टिय सुरक्षा नीति अबलम्बन गरिनु उपयुक्त र ब्यबहारिक देखिन्छ । भारतसँग मित्रसम्बन्ध, दलसम्बन्ध, सत्तासिनको ललिपप हेर्ने होइन नेपालको राष्ट्रिय हितलाई प्रथामिकता राखिनुपर्छ ।
भारतीय दादागिरीमा किन सरकारको नरमपन ?
हामीले धेरै तथ्य हेर्दा इतिहास खोतल्दा लिपुलेक सुगौली सन्धि देखिनै नेपाली भुमि भएको पुष्टि हुन्छ । तर नेपालमा सुगौली सन्धि पछि बनेका जुनसुकै शासन ब्यबस्थाका सरकारका प्रमुखहरुले सिमा जस्तो संबेदनशिल बिषयमा ध्यान दिएनन् आखिर यो किन ? यी तमाम प्रश्न नेपाली जनतासँग छन् । सन् १९६२ मा चीन भारत सिमा युद्ध हुँदा भारतले हार बेहोर्नु परेको थियो । त्यसपछी उसले नेपाली भुमि लिपुलेकमा प्रहरी गस्ती बसायो । त्यो गस्ती हालसम्म कायम रहेको सुन्नमा पाइन्छ । यसका लागि कुनै सरकारले पनि कुटनैतिक पहल गर्न सकेनन । २, ४ पटक बक्तब्य निकालेर मुख चोख्याउने बाहेक केही गर्न सकेनन् ।
त्यस्तै सन् २०१५ अर्थात वि.सं. २०७२ मा नेपाल भारत र चिनको त्रिदेशिय बिन्दु नेपाली भुगागमा चीन र भारत बिच ब्यापारी मार्गको रुपमा प्रयोग गर्ने सहमति भयो । यता नेपाल सरकारले प्रतिकार सकेन । यस्तै सरकारको लाचार, निरिहीपन, सत्ता स्वार्थले नेपाली भुमी दिनानुदिन अतिक्रमण भएको छ । नेपाली सार्वभौमिकता राष्ट्रिय अखण्डतामा खतरा देखिएको छ । यी त चर्चित बिषय भए यी बाहेक भारतले नेपालसँग सिमान जोडिएका २६ जिल्लाका विभिन्न ठाउँमा नेपाली भुमी मिचिरहेको छ । नेपाली जनतालाई दुःख दिइरहेको छ । हजारौं सिमास्तम्भ गायब पारिएका छन् । जहाँ सिमास्तम्भ दुई देशको साझा बस्तु हो । यसमा दुबै देशको हक हुनुपर्ने हुन्छ । दुबै देशको दशगजा छुट्याइएको हुन्छ । जसमा कुनै संरचना निर्माण गर्न मिल्दैन । भारतले भने विभिन्न भवन, सैनिक ब्यारेक लगायतका संरचना निर्माण गरेको छ । त्यो पनि नभएर नेपाली भुमिमै पसेर नेपाली भुमी मिचिरहेको छ ।
बर्षादको समय बाध लगाएर हजारौं नेपाली बस्तीहरु डुबानमा डुवानको सामना गरिरहेका छन् । जुन अन्तराष्ट्रिय कानुन बिपरित छ । जसमा नेपाल सरकार आफ्नो भुमिको रक्षाको लागि चुकिरहेको छ । मौन र निरीह बनेको छ । यसरी भारतले सिमानामा आफ्नो बलियो उपस्थित बढाउनु, सैन्य गस्ती बसाउनु, प्राविधिक तयारी गर्नु, अर्कोतर्फ खुल्ला सिमानामा नेपालले सिमा सुरक्षामा खास केही तयारी नगर्नुले नेपाली भुमिको रक्षामा चुनौती थपिएको छ, सुरक्षा खतरा बडिरहेको छ । यसमा अहिले सरकारले विशेष ध्यान दिन जरुरी छ । सिमा समस्या दीर्घकालीन रुपमा समधान गर्न कुनै कसर बाँकी नराखी पहल गर्नुपर्छ । यो एउटा ऐतिहासिक अवसर हो ।
अन्तमा बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले जसरी नाकबन्दीताका नेपालको शिर उचो राख्नुभयो त्यसरी अब मिचिएको नेपाली भुमि फिर्ता गराउने, दीर्घकालीन रुपमा सिमामा भएका सम्पुर्ण समस्या समाधान गर्ने जिम्मेवारी काधमा रहेको छ ।
यसलाई कुटनैतिक पहल गरेर किन भारतले जमिन मिच्यो, आफ्नो नक्सामा हाम्रो भुमी किन राखियो, यसको कारण के, किन नेपाली भुमिमा भारतिय सेना आएर बसेको छन् यसको स्पष्ट जफाव भारतसँग माग्नुपर्छ । नेपाली भुमिको रक्षाका लागि कुनै कसर बाँकी नराखी जहाँ जानुपर्ने हो । जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ । नेपाली भुमिमा नेपाली सेना सशक्त रुपमा राखेर सिमा रक्षाका लागि युवा सैन्य अभ्यास, प्राविधिक तयारी गर्नुपर्छ । सिमा रक्षाका लागि आवश्यक सबै गर्नुपर्छ । तब मात्रै नेपालको सार्वभौमसत्ता र स्वतन्त्रका ग्यारेन्टी हुनेछ । बर्तमान सरकार सफल कहलिने छ ।

२०७६ मंसिर १० गते प्रकाशित ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here