
रबिना बोहरा
बागलुङ, ८ मंसिर ।
भगवान श्री सत्य साई बाबाको ९४ औँ जन्मोत्सव पाँच दिवसिय कार्यक्रम गरी मनाइएको छ । सत्य साई केन्द्र बागलुङको आयोजनामा लक्ष्य अर्चना, नृत्य प्रदर्शन, फलफुल वितरण लगायतका कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सबैको धर्म एउटै इश्वर कहाँ पुग्ने भएकाले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताएका छन् । यही मंसिर ३ गतेबाट सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । ‘सबै संग प्रेम गर, सबैको सेवा गर’ भन्ने दिव्य बाणी सत्य साई बाबाको रहेकाले यही उद्देश्यका साथ अगाडी बढेको केन्द्रले जनाएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा.कृष्णबहादुर श्रेष्ठ, समाजसेवी तथा पुर्व अध्यक्ष देवबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष मंगलादेवी श्रेष्ठ, सदस्य मोहनमाया केसी, बाल विकास कक्षाकी श्रद्धा क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष मनमाया श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विद्या खड्काको स्वागत र पुर्व अध्यक्ष टुप्लाप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
केन्द्र मंसिर ३ गते लक्ष्य अर्चना, ४ गते भजन तथा बाल विकासका विद्यार्थीहरुबाट नृत्य प्रदर्शन, ५ गते भजन तथा बक्तृत्वकला प्रतियोगिता, ६ गते राष्ट्रिय सुस्त मनस्थिती कल्याण संस्था बागलुङका विद्यार्थीहरुलाई फलफुल वितरण र शनिबार नगर परिक्रमा, पुरस्कार वितरण गरी समापन गरिएको थियो ।










