
बागलुङ, ८ मंसिर ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले शनिबारदेखि बागलुङ बजारमा सेवा केन्द्रको स्थापना गरि कारोवारको सुरुवात गरेको छ ।
२०६४ सालमा साविकको भीमापोखरा गाविस (हाल काठेखोलागाउँपालिका–२)मा स्थापना भएका सहकारीले पत्रिका प्रकासन तथा अनलाईन संचालन गर्नुको साथै र बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।
सेयर सदस्यको माग अनुरुप सहकारीले बागलुङ नगरपालिका भित्रका शेयर सदस्यलाई सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्रको स्थापना हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले आफु शेयर सदस्य रहेको सहकारी उद्देश्य अनुरुप काम गरेको छ वा छैन बुझ्न जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष थापाले अहिले संचालित धेरै सहकारीहरु उद्देश्य विपरित चलिरहेको भएपनि शेयर सदस्यले खोजी नगर्दा बेलाबेलामा समस्या आउने गरेको बताउनुभयो । सहकारीले ऋण प्रवाह गर्दा ऋणको मागको विषय अनुरुप काम भए नभएको अनुगमन गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
अध्यक्ष थापाले स्थानिय तहले सहकारीहरुको नियमन गर्ने दर्ता गर्ने जिम्मेबारी आएको बताउँदै काठेखोला गाउँपालिका भित्रका सहकारीहरु उद्देश्यअनुरुप संचालन भए÷नभएको अनुगमन गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम सहकारी आर्थिक विकासको दरिलो खम्बा भए पनि ३५ वटा ऐन संशोधन नभए काम गर्न कठिन हुने बताउनुभयो । सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गर्नुपर्छ उहाँले भन्नुभयो–‘सरकारले ऐन, कानुन संशोधन नगरे सहकारी संस्था गतिका साथ उत्पादनमा लाग्न सक्दैनन ।’

कार्यक्रममा काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, भीमापोखरा युवा क्लब विवाईसी बागलुङका कार्यवहाक अध्यक्ष मणिभद्र शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले शुभकामना मन्तव्यव् यक्तगर्नुभएको थियो ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष िखमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालक समिति सदस्य नविन शिशिर विक र संचालन सहकारीका सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।
४५३ जना सेयर सदस्य रहेको गुँहेलीमा ३९ लाख सेयर पुँजी ६६ हजार ९ सय सेयर पँुजी, ५२ लाख ९५ हजार ९३६ बचत र ६ लाख बढी कोष रकम रहेको छ ।
सहकारीले जननिगरानी साप्ताहिक पत्रिकार र खबरवे अनलाईन समेत संचालन गरिरहेको छ ।








