
बागलुङ, ७ मंसिर ।
जिल्ला प्रशासन कार्यालय बागलुङले उपनिर्वाचन हुने क्षेत्रमा मादक पदार्थ विक्री वितरण तथा सेवान निषेध गरेको छ ।
उपनिर्वाचन हुने बागलुङ क्षेत्र नम्बर २ (ख) र वडीगाड गाउँपालिका–२ निर्वाचन क्षेत्र वरिपरी र मतगणना स्थल वरिपरी मादक पदार्थ निषेध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले शनिबार सार्वजनिक सूचना जारी गर्दै मंसिर १२ गतेदेखि निर्वाचन क्षेत्र तथा मतगणना स्थलमा मादक पदार्थ निषेध गरेको जनाएको छ ।
प्रशासनको सूचना विपरित कार्य गरे प्रचलित कानुन बमोजिम कार्वाही हुने जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।










