
बागलुङ, ५ मंसिर ।
गल्कोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ को दोश्रो दिन भएको मैत्रीपूर्ण दौड प्रतियोगितामा काठेखोला गाउँपालिका–७ रेशका नर बहादुर कार्की प्रथम भएका छन् ।
गलकोट नगरपालिकाको कार्यालयदेखि र ताराखोला गँउपालिकाको कार्यालय अर्गलको भातखाने डाँडासम्मको भएको पब्लीक स्कुल मैत्रिपूर्ण दौड प्रतियोगितामा कार्कीले १ घण्टा ३ मिनेटमा पुरा गरेका थिए ।

यस्तै गल्कोट नगरपालिका ६ ठुलाथरका विशाल विकले उक्त दुरी १ घण्टा ८ मिनेटमा पुरा गर्दै द्धितिय भएका थिए । तृतीय भएका गल्कोट–३ का गुञ्ज बहादुर नेपालीले १ घण्टा ११ मिनेट र सान्तोना भएका हर्क बहादुर पाण्डेले १ घण्टा १७ मिनेटमा दुरी पार गरेका थिए । त्यस्तै १ घण्टा १९ मिनेटमा पुगेका ताराखोला गाउँपालिका–३ का पूर्ण बगाले पनि सान्तोना भएका थिए ।
१४ जना सहभागि मध्ये प्रतियोगिताको नियम अनुसार ९ जना खेलमा सहभागि भएको आयोजकले जनाएको छ ।
दौड प्रतियोगिताको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले रिबन काटेर उद्घाटन गर्नुभएको थियो भने ताराखोला गाउापािलका अध्यक्ष प्रकाश घर्तिले गाउपालिका केन्द्रमा धावकलाई स्वागत गर्नुभएको थियो ।










