दोस्रो गलकोट घुम्टे महोत्सव सुरु (फोटो फिचर)

बागलुङ, ४ मंसिर ।
बागलुङको गलको नगरपालिका–५ हरिचौरमा आज (बुधबार)देखि दोस्रो गलकोट घुम्टे महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले भारतले सिमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको सम्भवत पहिलो पटक भएको बताएउनुभएको छ ।
केसीले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिकदल, पत्रकार, र आम नागरिक एकैठाउँमा भएको बताउनुभयो । उहाले राष्ट्रियताको पक्षमा सवै नागरिक एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागी नेपाल सरकार सकारात्मक रहेको बताउदै छिट्टै गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापना हुने बताउनुभयो ।


केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताउनुभयो । हामी यहाँबाट मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौ केसीले भन्नुभयो, युवाहरुले यहाँ उत्पादन भएका बस्तुलाई विदेशमा पठाउने काम गर्नुपर्ने बताउदैं उत्पादनशिल काममा सबैजना लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा देशमा राजनिति स्थिरता नहुँदा विकास हुन नसकेको हुँदा, अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भावी पुस्तालाई देश जस्ताको तस्तै सुम्पन अहिलेका पुस्ताको दायित्व भएको बताउनुभयो । उहाँले गलकोट क्षेत्रको विकासका निम्ती देश विदेशमा रहेका सवै नागरिकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नका निम्ती आग्रह गर्नुभयो ।


कार्यक्रममा पुर्व बनमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले गलकोट क्षेत्र पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेको हुँदा यहाँको विकासका निम्ती सवै राजनितिक दलहरु एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । उहाँले शहिद थिरबम मल्लको गाउँको विकासका निम्ती नेपाली काँग्रेसले सधै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
संघिय सांसद ज्ञान कुमारी छन्त्यालले समृद्ध नेपाल सुखि नेपालि नारा कागजमा सिमित रहेको बताउदैं सबै तहका सरकारमिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले गलकोटको समृद्धिको लागी प्रदेश सरकारले सहकार्यगर्ने बताउनुभयो
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा मगर सागरले गलकोटलाई समृद्ध बनाउन सकेमा गण्डकी प्रदेशकै समृद्ध बन्ने बताउनुभयो ।


जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुगानाले जिल्लाको समग्र बिकास र पर्यटन प्रबर्धनको लागी सहकार्य गर्नुपर्ने बताउनुभयो । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सबै तहका सरकारबिच सहकार्य बिना समृद्धि कागजमा मात्रै सिमिति हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर, काँग्रेस सभापति दिपेन्द्र बहादुर थापा, राजमोका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, बागलुङ पर्यटन विकास समितिका महासचिव अर्जुन चोखाल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जुशर्मा चालिसे लगायतले मन्तब्य राख्नु्भएको थियो ।
महोत्सवको उद्देश्यको बारेमा घुम्टे पर्यटन विकास केन्द्रका संस्थापक तथा सल्लाहकार यमबहादुर श्रीषले प्रष्ट पार्नुभएको थियो । पहिलो दिन महोत्सवको अबसरमा कृष्ण कडेंलको नेतृत्वमा रहेको ईन्द्रेणि समुहको साँंिगतक प्रस्तुति साथमा बिभिन्न झाकिहरु, सराय नाच, लाखेनाच लगाएतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । महोत्सव आगामी मंसिर ११ गते सम्म संचालन हुने छ । महोत्सवमा लोक दोहोरी गित प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानिय उत्पादनको प्रर्दशन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतको अध्यक्षता बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाको स्वागत तथा केन्द्रका सचिव शेरबहादुर थापा, सांस्कृतिक संयोजक हिमबहादुर भण्डारी र पत्रकार राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here