गोरु काटेर खाएको आरोपमा काठेखोला-१ पालाका चार जना पक्राउ

बागलुङ, २ मंसिर ।
गोरु काटेर खाएको आरोपमा काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले काठेखोला–१ चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानिय ४७ बर्षिय यामबहादुर सार्की, २९ बर्षिय रेशम सार्की, २४ बर्षिय आइते किसान र १८ बर्षिय रवि किसानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ४ जनाबाट गोरु काट्न प्रयोग भएका औजार बन्चरो र दाउ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।
पक्रा परेका चारै जनाविरुद्ध पशु सम्बन्धी कसुर अन्र्तगत गाई गोरु मार्न वा काट्न नहुने शिर्षकमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनायो । पक्राउ परेका चार जनालाई जिल्ला अदालत बागलुङमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ भट्टराईले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here