
बागलुङ, ३० कार्तिक ।
प्रतिनिधि संसद डाक्टर सूर्य पाठकले सहकारीलाई उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ ।
शनिबार साझा चौतरी युवा उद्यमशिल सहकारी संस्था लिमिटेड बागलुङको प्रथम साधरण सभामा बोल्दै सांसद पाठकले शहकारीलाई पृथक संस्थाको रुपमा विकास गर्न उत्पादनशिल क्षेत्रमा जोड्नुपर्ने बताउनुभयो ।
राज्यले सहकारी क्षेत्रलाई पनी ध्यान दिएकोले देशको आर्थिक अवस्था सुधार गर्न उत्पादनको क्षेत्रमा पर्याप्त लगानी वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।
२०७५ साल बैशाख १ गतेदेखि ४८ जना शेयर सदस्यबाट स्थापना भएको संस्थामा हालसम्म २१४जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा कल्याणकारी बहुउद्देश्यीय शहकारी संघका अध्यक्ष चुडामणि आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसमा जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले लागुपदार्थ तथा दुव्र्यशनले समाजमा पार्ने असर र दुव्र्यशन नियन्त्रणमा समुदायले खेल्ने भुमिकाका वारेमा जनचेतना मुलक प्रशिक्षण दिनुभएको थियो । साधरणसभामा मानव सेवा आश्रम बागलुङका संयोजक सुमिरा लामालाई ‘द रियल अफ् मदर अवार्डले सम्मान गरिएको थियो ।
साधारणसभाको अवसरमा उत्कृष्ठ बचतकर्ता, असल ऋणी, नियमित बाल बचतकर्ता, २०७५ सालको एसइईमा सामुदायिक तथा निजी विद्यालयवाट सहभागी भै उत्कृष्ठ जतिजा ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियोे ।
साधारण सभामा सहकारीका अध्यक्ष मनोज थापाले सस्थाको वारेमा जानकारी तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको वन्द सत्रमा कोषाध्यक्ष राजेश केसीले प्रस्तुत गर्नु भएको आर्थिक र लेखा सुपरिवेक्षण समितिका संयोजक नाायणराज सापकोटाको लेखा प्रतिवेदन सर्वसम्वत रुपमा पारित भएको छ ।
सहकारीले आर्थिक वर्ष २०७५÷७६मा ७५ करोड, ७७ लाख, ८२ हजार २ सय ५० रुपैया कारोवार गरेको जनाईएको छ ।
कार्यक्रम सहकारीका अध्यक्ष मनोज थापाको अध्यक्षता, सदस्य जीवन शर्माको स्वागत र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
सधारणसभाले रिक्त रहेको सचिव पदमा किरण आचार्य, सहसचिबमा जिवन शर्मा, सदस्यमा असोक वराईली र रामप्रसाद शर्मालाई मनोनयन गरेको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा भुवानी शंकर आचार्य र सदस्यमा सविता शर्मा र मनोज खत्रीलाई चयन गरेकोे छ ।










